काठमाडौं, २१ भदौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमा पुनले नेपालको आन्तरिक मामिलामा कुटनीतिज्ञ हित विपरित अभिव्यक्ति दिन कसैलाई पनि छुट नरहेको हुँदा सरकारले जवाफ माग्नुपर्ने बताएका छन् ।
नेपालको आन्तरिक मामिलामा अनावश्यक रुपमा हस्तक्षेप गर्ने, अभिव्यक्ति दिने छुट कसैलाई नरहेको जिकिर गर्दै माओवादीका उपमहासचिव पुनले कसैको नाम नलिकन यस्तो माग गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव अनन्तले नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने छुट कुनै पनि कूटनीतिज्ञहरुलाई नभएको बताए । नेपालको घरेलु मामिलामा टिप्पणी गर्नेहरुलाई सरकारले सचेत गराउनु पर्ने उनको भनाइ छ ।
संसदको अन्तरराष्ट्रिय सम्बन्ध समितिको विहिवार बसेको बैठकमा उनले भने, ‘को राजदूतले, कहाँको राजदूतले भन्योभन्दा पनि हाम्रो आन्तरिक मामिलामा कसैले पनि टिप्पणी गर्ने या कोही छिमेकसँग या तेस्रो पक्षसँग नेपालको सम्बन्धको विषयमा अरुले टिप्पणी गर्ने परम्परा बसाल्न दिनै हुँदैन । यो बेठिक हो, अन्तरराष्ट्रिय कूटनीतिमा पनि र हाम्रो कूटनीतिमा पनि छ ।’
नेपालका लागि चिनियाँ राजदूतले हालैमात्र नेपाल–भारत व्यापारका विषयमा कडा टिप्पणी गरेका थिए, जसलाई कूटनीतिक मामलाका जानकारहरुले ‘गैरकूटनीतिक अभिव्यक्ति’ भनेर आलोचना गरेका छन् ।
माओवादी केन्द्रमा उपमहासचिव पुनले चिनियाँ राजदूतको नाम नलिई भने ‘यो हाम्रो घरेलु विषय हो, हाम्रो सम्बन्धको विषय हो । सही गलत हामी सम्बन्धित पक्षसँग कुरा गर्छौं । त्यसमा परराष्ट्र मन्त्रालयलाई सजग बनाउने या कुनै सन्दर्भमा स्पष्टीकरण लिने या के गर्ने हो मन्त्रालयले सरकारले यसमा पहल गरोस् ।’
पुनले नेपालको सम्बन्धको विषयमा अरुले टिप्पणी गर्ने परम्परा बसाल्नै दिन नहुने बताउँदै उनले भने, ‘हामी हाम्रो घर परिवारसँग के गर्छौं, कसरी घर परिवार मिलाउँछौं, हामी हाम्रो छिमेकसँग के गर्छौं, अर्को साथीसँग के गर्छौं, तेस्रो पक्षलाई खोजीनिती गर्नु राम्रो हुँदैन ।’
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट