रौतहट, २१ भदौं । रौतहट जिल्लामा मोटरसाइकल चोरीको घटनामा ह्वातै वृद्धि भएको पाइएका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहिया बस्ने संदीपकुमार साहको घरको हाता भित्र पाकिंग गरिरहेको अवस्थामा भदौं १९ गते राति चोरी भएका हुन् । मधेश प्रदेश–०३–०२४प–९९९९ नम्वरको निलोकालो भएको एफजेड मोटरसाइकल चोरी भएको पिडितले बताए ।
घरको हाता भित्र पाकिंगमा रहेका तिन वटा मोटरसाइकल मध्ये एफजेडको लक फुटालेर लगेको साहले भने । मोटरसाइकल चोरी भएको सम्बन्धमा इलाका प्रहरी कार्यालय गंगापिपरालाई जानकारी गराइसकेको उनले जानकारी दिए ।
यसैगरी गौर नगरपालिका वडा नम्वर ९ सिर्सिया घर भएका प्रदिप सिंहको घरबाट भदौं १३ गते राति १५० सिसिको पल्सर मोटरसाइकल चोरी भए । विआर–०५–भि–६२५८ नम्वरको भारतीय नम्बरको मोटरसाइकल चोरी भएको पिडितले जानकारी दिए । मोटरसाइकल चोरी भएको सम्बन्धमा खोजी कार्य गरिदिन जिल्ला प्रहरी कार्यालय रौतहटमा लिखित निवेदनको मार्फत जानकारी गराईसकेको सिंहले भने ।
पछिल्लो समयमा मोटरसाइकल चोरीको घटना रौतहट सदरमुकाम गौर देखि लिएर ग्रामिण भेगका विभिन्न गाउँहरुमा बढिसकेको हुँदा समयमा प्रहरी जागरुक हुनुपर्ने आवश्यक्ता महसुस गरिएको छ । सवारी धनीहरु पनि आफ्नो सबारीलाई सुरक्षित स्थानमा पाकिंग गर्नुपर्ने समेत देखिएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन