रौतहट, २४ साउन । रौतहट जिल्लामा आत्महत्या विकराल रुप लिदै गएको छ । पौने दुई महिनामा २९ जना पुरुष महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याँकमा उल्लेख रहेका छन् ।
बौधीमाई नगरपालिका वडा नम्वर २ इनर्वा गाउँका २२ बर्षिय रामदिनेश पटेल र निजको २० बर्षिया श्रीमती गिताकुमारी पटेल शनिवार साँझ ६ बजेको समयमा घरमै एउटै पासोमा दुबै जना झुण्डिएर आत्महत्या गरेका छन् ।
पटेल दम्पती एउटै पासोमा किन आत्महत्या गर्नु पर्यो अहिले सम्म ठोस जानकारी प्राप्त भएको छैनन् । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
चरम आर्थिक संकट, मानसिक तनाव, विरमी, घरेलु हिंसा, समाजिक लोकलज्जा कारण रौतहट जिल्लामा आत्महत्या एउटा विकराल रुप लिदै गएका हुन् । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता एवं इन्सपेक्टर उमाशंकर प्रसाद गुप्ताका अनुसार साउन महिनामा १३ र भदौं महिनाको २३ गते सम्म १६ गरेर हिजो सम्म २९ जनाले आत्महत्या गरेको छ ।
सो मध्ये चन्द्रपुर नगरपालिकामा ९ र गुजरा नगरपालिकामा २ जना गरेर इप्रका चन्द्रपुर क्षेत्रमा ११ जनाले आत्महत्या गरिसकेको इप्रका चन्द्रपुरका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
जिल्लामा कार्यरत विभिन्न संघसंस्थाहरु प्रहरी संग समन्वय गरेर आत्महत्या रोकथामका लागि रौतहटको १८ वटै स्थानीय तहमा व्यापक जनचेतना जगाउनुपर्ने आवश्यक रहेको समाजिक अभियान्ताहरु भन्छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन