चौधरी ग्रुप र अडानी ग्रुप बीच सिमेन्टको व्यवसायलाई बढाउन रणनीतिक साझेदारीमा सहमती

101 Shares

काठमाडौं । चौधरी ग्रुप र भारतको चर्चाको शिखरमा रहेका अदानी ग्रुपले दुई देशबीच सिमेन्टको व्यपारलाई बढाउन रणनीतिक साझेदारी गर्ने सहमति गरेका छन् ।
नेपाल भारत सँग सिमाना जोडिएका भारतीय राज्यहरूमा सिमेन्ट आपूर्ति गर्न दुई देशका चर्चित व्यावसायिक घराना बीच रणनीतिक साझेदारीबाट नयाँ आयाम सुरु भएका हुन् ।
दुई देशबीच आर्थिक र व्यापारिक सम्बन्ध बढाउन यो साझेदारी महत्वपूर्ण सावित हुने चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले बताए । उनले भने, ‘रणनीतिक सहकार्य मार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय योगदान दिँदै नेपाल–भारत बीच आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ ।’
साझा मूल्य–मान्यता र आकांक्षा प्रतिबिम्बित गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई बढावा दिने तर्फ सकारात्मक प्रभाव पार्ने दुवै समूहको विश्वास रहेको छ । ‘अदानी समूहसँग व्यावसायिक सहकार्य गर्ने अवसरका लागि धन्यवाद दिन चाहन्छु,’ चौधरीले भने, ‘अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफल बनाउन नेतृत्व दिई भूमिका खेलेको र अटल समर्थनका लागि आभार व्यक्त गर्छु ।’
चौधरी ग्रुप नेपालको प्रतिष्ठित औद्योगिक घराना रहेको छ । उद्योग, एफएमसिजी, हस्पिटालिटी, रियल इस्टेट, फाइनान्स लगायतका क्षेत्रमा यो ग्रुपको लगानी रहको छ । चौधरी ग्रुपले सिजी सिमेन्ट उत्पादन गर्दै आएको छ । त्यस्तै, क्लिंकर समेत उत्पादन र निर्यात गरिरहेको छ ।
भारतको प्रतिष्ठि औद्योगिक–व्यावसायिक समूह अदानी ग्रुप पूर्वाधारमा पायोनियर छ । अदानीको ऊर्जा, यातायात, एयरपोर्ट, सेज लगायत थुप्रै क्षेत्रमा लगानी रहेको छ । अदानीले नेपालको जलविद्युत् क्षेत्रमा समेत लगानी गर्न चासो देखाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।