रौतहट, २५ भदौं । नेपालको भुक्तानी सञ्चालक फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तरराष्ट्रिय शाखा एनआईपीएल बीच नेपाल–भारत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुरू गर्ने विषयमा सम्झौता भएको छ ।
सम्झौता सँगै नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुरू गर्न यी दुई कम्पनी तयार भएको हो । उक्त सेवाका लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको जनाइएको छ ।
यस्तो सहकार्यले दुवै देशका नागरिकलाई दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यूआर कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । प्राविधिक एकीकरण पश्चात यी दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने बताइएको छ । यस सहकार्यबाट लाखौं उपभोक्ता र व्यापारीहरूले सेवाको लाभ लिन सक्ने विश्वास गरिएको छ ।
दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिने र अन्तरराष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा सावित हुने विश्वास गरिएको छ ।
फोन पे का अध्यक्ष विश्वास ढकालले प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरे । दुई देश बीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा यस सम्झौताले महत्वपूर्ण योगदान पुर्याउनुका साथै समृद्धि र विकासलाई बढावा दिने उनले बताए । यस पहलले नव प्रवर्तन प्रति रहेको प्रतिबद्धतालाई जनाउने एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडले बताएको छ ।
यूपीआई एप्सले सहज क्रस बोर्डर भुक्तानीहरूलाई सक्षम पार्ने र प्रयोगकर्ताको कारोबार गर्ने तरिकालाई वृद्धि गर्ने विश्वास गरिएको छ । यस ऐतिहासिक साझेदारीको सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो । उक्त फेस्टमा हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नव प्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन