रौतहट, २६ भदौं । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई नेपाल सरकारले राजकीय सम्मानको साथै उनको अन्त्यष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमवार राति १.५० बजेको समयमा निधन भएको थियो । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिरिषदको आकस्मिक बैठकबाट संविधान सभा अध्यक्ष नेम्वाङको निधनले देशलाई ठूलो क्षति भएकोमा गहिरो समवेदना प्रकट गर्दै उनलाई राजकीय सम्मानको साथै अन्त्यष्टिको दिनमा मुलुकभरी सार्वजनिक विदा दिने निर्णय गरिएका हुन् ।
बैठकमा, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेकी शर्माका अनुसार अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ ।
नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी गरिएको छ । अन्त्येष्टिको दिन सार्वजनिक बिदा हुनेछ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट