सर्लाही, ३१ भदौं । सर्लाही प्रहरीले अबैध रुपमा भन्सार छलेर ल्याएका ठूलो परिणाममा कपडा सहित भारतीय नम्बरको स्कारपिओ बरामद गरेको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्वर ६ कामदबाट भन्सार छलिका ठूलो परिमाणमा अबैध कपडा बरामद गरिएको सर्लाही प्रहरीले जनाएको हो ।
भारतीय बजारबाट नेपाल ल्याइएका करिव १३ लाख मूल्य बराबरको कपडा सहित बीआर ०६ पीए १५२५ नम्वरको स्कारपिओ गाडीलाई शनिवार साँझ नियन्त्रणमा लिएका छन् ।
बरामद भएको कपडा सहितको गाडीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए । उनका अनुसार गाडीका चालक प्रहरीलाई देखÞासाथ फरार भयो ।
सीमा क्षेत्रमा कडाई गरेपनि खुल्ला सीमा नाकाका कारण अवैध सामग्रीको तस्करी पूर्णरुपमा नियन्त्रण गर्न चूनौति रहेको सुरक्षा अधिकारीले बताए । अबैध कार्यलाई निरुत्साहित गर्नमा स्थानीयहरुको सहयोग आवश्यक रहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन