रौतहट, ३ असोज । संविधान दिवस २०८० को उपलक्ष्यमा रौतहट जिल्लाको १८ वटै स्थानीय तहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर भव्यताका साथ मनाइएका छन् ।
राजपुर, इशनाथ, गरुडा, कटहरिया, चन्द्रपुर, बौधीमाई, वृन्दावन, गढीमाई, फतुवा विजयपुर, देवाही गोनाही, परोहा, राजदेवी, गौर, माधवनारायण नगरपालिका र दुर्गा भगवती तथा यमुनामाई गाउँपालिकाले भव्यताका साथ संविधान दिवस २०८० मनाउदै आज राति दिपावली गरी भव्यता प्रदान गरिने जनाइएका हुन् ।
यसैगरी नेपाली काँग्रेस यमुनामाई गाउँपालिकाद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश साँसद एवं युवा नेता नागेन्द्र साहले संविधनले दिएको मर्म र भावनालाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने आजको आवश्यक्ता रहेको बताए ।
प्रमुख अतिथिको रुपमा समेत रहनु भएका प्रदेश साँसद साहले हरेक नागरिकको मनोभावनालाई बुझेर लागु भएको संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ लाई नागरिक स्तरबाट मनाउन समेत आग्रह गरे ।
त्यसैगरी इशनाथ नगरपालिकाको नगरप्रमुख कोशिला देवी र प्रमुख प्रशासकीय अधिकृत भुदेव झा सहितका नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु सहिदको तस्वीरमा फुलमाला लगाएर संविधान दिवस मनाउदै नगरवासीलाई संविधान दिवसको शुभकामना तथा बधाई दिए ।
यस्तै राजपुर नगरपालिकाको मेयर डा. राजिक आलम, उपमेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर सहितका पदाधिकारीहरुले सहिदको तस्वीरमा फुल माला चढाई राजपुरमा रहेका अस्पतालका विरामीलाई फलफुल वितरण गरी शुभकामना आदानप्रदान गरे ।
कटहरिया नगरपालिकाको नगरप्रमुख अजयप्रकाशले संविधान दिवसको अवसरमा झण्डोतोलन गर्नुका साथै लोकतन्त्रका लागि आहुती दिने ज्ञात अज्ञात सहिदलाई सम्झिदै सहिदको तस्वीरमा फुलमाला चढाए ।
आज जिल्ला भरीका पालिकाहरुमा विभिन्न दल एवं स्थानीय तहले संविधान दिवस भव्यताका साथ मनाउदै छ ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट