रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर आन्दोलनमा सहभागी हुन संघिय राजधानी हिडेका शिक्षकहरुको कारण विहिवार दोश्रो दिन पनि रौतहट जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन अध्यापन हुन सकेनन् ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा नेपाल शिक्षक महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गर्दै संघिय राजधानी काठमाडौं केन्द्रीय आन्दोलनमा सहभागी हुन रौतहटबाट शिक्षकहरु गएका कारण आज दोश्रो दिनपनि रौतहट जिल्लाको सामुदायिक विद्यालयहरु पूर्ण रुपमा बन्द हुँदा अध्ययन अध्यापन हुन सकेनन् ।
रौतहट जिल्लाको १८ वटै स्थानीय तहमा ४३५ सामुदायिक विद्यालय रहेको छ जस मध्ये १०७ माध्यमिक विद्यालय र ३२८ आधाभुत तथा प्राथमिक विद्यालयहरु रहेका छन् । विद्यालयको अध्ययन अध्यापनलाई थाँती राखेर आन्दोलनमा शिक्षकहरु काठमाडौं हिडेपछि हजारौं विद्यार्थीहरु अध्ययन अध्यापन हुनबाट बंचित हुनुपरेका छन् ।
बालबालिका भविष्यका कर्णधार हुन् तिनीहरुले पाउनुपर्ने शिक्षाको ज्योतीबाट विमुख बनाउने कार्य शिक्षकको होइन, हक अधिकारको लागि लडाई गर्ने प्रजातान्त्रिक अधिकार हो तर विद्यालयका हजारौं छात्रछात्राहरुको भविष्य संग खेलवाड हुने गरी विद्यालय बन्द गर्नु उचित कार्य नभएको समाजिक अभियन्ताहरुले सम्बध पक्ष संग अपिल गरेका छन् ।
आन्दोलनमा जानै पर्दा विद्यालयमा बैकल्पिक व्यवस्थापन गरेर जानुपर्ने थिए । सबै शिक्षकहरु राजधानी गएको छैनन्, यहाँ भएका शिक्षकहरुबाट विद्यालय संचालन गराउनुपर्ने तर्फ स्थानीय तह जिम्मेवार भएर अघि बढ्नुपर्ने देखिन्छ । तर शिक्षाको ज्योती दिने शिक्षक नै विद्यार्थीहरुको भविष्यको वास्ता नगरी आफनो भविष्यको खोजीमा आन्दोलनमा होमिदा रौतहटका हजारौं विद्यार्थीहरुको भविष्य अन्धकारमय बन्दै गएको स्थानीय समाजसेवीहरुले गुनासो गरे ।
हुनत रौतहटका बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीपकुमार यादवले प्रेस वत्तव्य जारी गरेर विद्यालय संचालन गर्न अपिल गरे तर उक्त पालिकाका शिक्षकहरु बस चढेर काठमाडौं हिडेपछि रौतहटका सवै पालिकामा रहेका सामुदायिक विद्यलायहरु पूर्ण रुपमा ठप्प भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन