सर्लाहीको मलंगवामा शुक्रवार पनि कर्फयु जारी

145 Shares

सर्लाही, ५ असोज । सर्लाही जिल्ला सदरमुकाम मलंगवा पुनः एक पटक अशान्त बनेपछि स्थानीय प्रशासनद्वारा अर्को सूचना नआउनजेल सम्मका लागि शुक्रवार पनि कर्फयु जारी रहेको छ ।
बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फयु लगाएका थिए ।
सर्लाहीका डिएसपी दिपेन्द्र पन्जियार थारुका अनुसार मूर्ति सेलाउन जाने क्रममा हिजो साँझ साढे ७ बजे मुस्लिम बस्ती पुगेपछि बिजुलीको लाइन कट्यो । त्यहीबेला अज्ञात समूहबाट ढुंगामुढा प्रहार भएपछि दोहोरो झडप भएको थियो । सोही क्रममा एक युवकलाई छुरा प्रहार गरेर गम्भीर घाइते भएको घटनालाई लिएर दुबै पक्ष उग्र बनेको थियो । छुरा प्रहार भएका ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अप्रिय घटना निम्तिन सक्ने भएकाले अर्को आदेश नआउनजेल सम्मका लागि कर्फयु आदेश जारी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोल पम्म) कर्फयु आदेश जारी गरिएको छ ।
कर्फयु लगाइएको सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन, बाहिर हिंडडुल गर्न र कुनै प्रकारको उच्छृङ्खल गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ । आदेशको उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
यसअघि भदौं २२ कृष्णाष्टमीको मूर्ति सेलाउने क्रममा पनि सोही बस्तीमा दुवै समुदायबीच झडप भएको थियो । त्यसपछि स्थानीय प्रशासनले कर्फयु र निषेधाज्ञा जारी गरेको थियो ।
पटक पटक मुर्ती सेलाउने विषयमा दुई समुदाय विच झड्प भइरहदा स्थानीय प्रशासन अलिकति पनि सम्वेदनशिलता अपनाएनन किन ? स्थानीय समाजसेवहीहरुले प्रश्न चिन्ह खडा गरेका छन् । भदौंको सुरुआतमै सर्लाहीको गोडैता बजारमा दुई समुदायको विचमा झड्प हुँदा दर्जनौ घाइते भएको थियो । कृष्णजन्माष्टमी पनि घटना घट्यो हिजो राति पनि घट्यो तर स्थानीय प्रहरी प्रशासनले पाठ सिक्न सकेनन् ।
सधै शान्त रहने तराई मधेशका जिल्लाहरुमा कुनै संघसंस्था वा अन्य देशको उस्काहटमा आएर दुई समुदाय विचका दोहोरो झड्प भई समाज अशान्त बन्दै गएको परिवेशमा त्यस्ता तत्वहरुलाई स्थानीय प्रशासनले नियन्त्रण गर्न एवं घटना हुन नदिन कुनै सजगता नपनाउदा यस्ता घटनाहरु घटिरहेकोमा सर्लाहीको समाजसेवीहरु चिन्तीत बन्दै गएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।