काठमाडौं, ५ असोज । शिक्षक आन्दोलन शुक्रवार तेश्रो दिन पनि संघिय राजधानी काठमाडौंको सडक तताएका छन् ।
विद्यालय शिक्षा विधेयकबाट शिक्षा सेवा धारासायी हुने भएको हुँदा उक्त विधेयक प्रति असहमती जनाउदै नेपाल शिक्षक महासंघको आह्वानमा असोज ३ गते देखि राजधानी केन्द्रीत आन्दोलन आज तेश्रो दिन पनि प्रदर्शन जारी राखेका हुन् ।
विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ । आज शुक्रबार तेस्रो दिन पनि उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । माइतीघर मण्डलामा जम्मा भएर शिक्षकहरुले नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै छन् ।
प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगानसमेत गरेका छन । उनीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ । जसका कारण यात्रुलाई सास्ती खेप्नु परेको छ ।
शिक्षकहरुको मागका बिषयमा शिक्षक महासंघ प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान दुई चरणमा मन्त्रीहरुसँग छलफल गरेका थिए ।
शिक्षक आन्दोलनको फोटो फिचर




बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन