चिनियाँ बिस्तारवाद र ईस्लामिक अतिवाद विरुद्ध – एकता अभियान द्वारा विचार गोष्ठी

122 Shares

रौतहट, ७ असोज । राष्ट्रिय एकता अभियानले चीनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध गर्दै बिचार गोष्ठी आयोजना गरिएको छ ।
रौतहट सदरमुकाम गौरमा सोमबार राष्ट्रिय एकता अभियानद्वारा आयोजित चिनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध तथा संघीय हिन्दू गणतन्त्रका विषयमा विचार गोष्ठी सम्पन्नभएको हो।
राष्ट्रिय एकता अभियान रौतहटले आयोजना गरेको गोष्ठीमा अभियानका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथी विनय यादवले सर्लाही सदरमुकाम मलंगवामा हिन्दू समाजमाथी हमला भएको केही हप्ता भित्रै फेरि अर्को जिहादी आक्रमण भएको भन्दै त्यसको विरोध गरे।
मलंगवा नगरपालिका– ३ स्थित गणेश चतुर्थीको मुर्ति बिसर्जन गर्न जाने क्रममा अर्को समुदायले ढुंगामुढा एवं चाकु प्रहार गरेको भन्दै उनले ती ब्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरे।
अपराधिक आक्रमण मा केही हिन्दुहरू घाइते समेत भएकाले उनीहरुको उपचारको ब्यवस्था गर्न समेत उनले माग गरेका छन्।
सर्लाहीमा भएको आक्रमण पहिलो नभई मधेश र लुम्बिनी प्रदेशमा विगत केही वर्षदेखि निरन्तर चलिरहेको र विशेष गरी चाडपर्व लक्षित यस्ता आक्रमणहरु हुने गरेको उनले बताए। ‘यस्ता घटनालाई दोहोरिन नदिन सरकारले कुनै प्रयास गरेको मसहुस हुदैन। यसको अर्थ वाह्य शक्तिबाट संचालित जिहादीहरूलाई नेपालमा राजनीतिक संरक्षण प्राप्त भएको स्पष्ट छ।’
बाह्य शक्तिको आडमा देशभरी विभिन्न आवरणमा लुकेका जिहादीहरूलाई पहिचान गरी पक्राउ गर्न पनि यादवले सरकारसँग माग गरे।
अभियानका जिल्ला संयोजक रामनिवास सिंहको अध्यक्षतामा आयोजित गोष्ठीमा अभियानका मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह, मधेश प्रदेश समितिका सदस्य पासपत राय यादव, रामप्रसाद महतो लगायतले आफनो विचार ब्यक्त गरेका थिए।
कार्यक्रम संचालन अभियानका जिल्ला सचिव गुड्डू यादवले गरेका थिए भने सैकडो हिंदूवादीहरु अभियान प्रवेश गरेका थिए भने राष्ट्रिय संयोजक यादवले नव प्रवेशीलाई टिका लगाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।