भारत आतंकबादको विरुद्धमा उभिने देश हो, क्यानडालाई प्रमाण दिन चुनौती पेश

70 Shares

नयाँ दिल्ली, ११ असोज एजेन्सी । खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको क्यानडाका प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको चुनौंती दिदै भारतले प्रमाण पेश गर्न माग गरेको छ ।
शिख पृथकतावादी नेता निज्जरको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यस सम्बन्धमा क्यानडा सँग जानकारी मागेको हो ।
नयाँ दिल्लीले निज्जर हत्या सम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनसुन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट गरेको छ । संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका भारतका विदेशमन्त्री एस जयशंकरले आयोजित एक कार्यक्रममा निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताए ।
हालै क्यानडाले निज्जर हत्यामा भारतको हात रहेको ‘विश्वसनीय जानकारी’ आफूसँग रहेको र त्यसको अनुसन्धान गरिरहेको बताए पछि ओटावा र नयाँ दिल्ली बीचको सम्बन्ध नराम्ररी विग्रीएको छ ।
आपसी सम्बन्धमा यति तनावपूर्ण बनेको छ कि दुई देशले कूटनीतिक कर्मचारीलाई निष्काशन गर्ने देखि लिएर भिसा नदिने सम्मका निर्णय गरेका छन् । भारतले क्यानाडको विश्वसनीय सूचना भएको उक्त दाबीलाई आधारहीन भन्दै खारेज गरेको छ । भारत सरकारले क्यानडालाई हत्याको बारेमा कुनै पनि सान्दर्भिक आरोपमा छानबिन गर्न खुला रहेको बताएको जानकारी दिँदै विदेशमन्त्री एस जयशंकरले त्यसमा दिल्लीको कुनै भूमिका नभएको दोहोर्याए । उनले निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती पनि दिए ।
हरदीप सिंह निज्जरको गत जुन महिनामा ब्रिटिस कोलम्बियाको एउटा मन्दिर बाहिर गोली हानी हत्या भएको थियो । उनलाई सन् २०२० मा भारतले आतंकवादी घोषणा गरेको थियो । यद्यपि उनका समर्थकहरूले यसलाई अस्वीकार गर्दै आएका छन् ।
पश्चिमा देशहरूमा पृथकतावादीहरूको खालिस्तान वा छुट्टै शिख मातृभूमिको माग गर्दै विरोधप्रदर्शन गर्नेलगायत भारत विरोधी गतिविधिप्रति भारत सरकारले आपत्ति जनाउँदै आएको छ ।
खालिस्तानी आतंकबादीहरुको आश्रयस्थल अहिले क्यानडा बनेको छ । खालिस्तानी आतंकबादीलाई क्यानडाको सरकारले सबै सुविधाहरु उपलब्ध गराइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । भारत जहिले पनि आतंकबादको विरुद्धमा सिंगो विश्वलाई एक ढिक्का बनाउने र शान्त र असल सिंद्धान्तको लडाई लड्ने गरेको विदेश मन्त्री जयशंकरले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।