सर्लाही, ११ असोज । इस्लाम धर्मावलम्बीहरुको धर्मगुरु पैंगम्बर मोहम्मदको जन्म दिनको अवसरमा रौतहट सहित देशभरी उत्सवको रुपमा मनाइदै छन् ।
मुस्लिम धर्मावलम्बीहरु मुलुकमै सबैभन्दा बढि जनसंख्या रहेको रौतहट सहित सर्लाही, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी सहित मुलुकको विभिन्न स्थानमा ईस्लाम धर्मगुरु पैंगम्बर मोहम्मदको जन्म दिन भव्यताका साथ आज मनाउदै गरेका हुन् ।
खास गरेर सर्लाही सदरमुकाम मलंगवामा विगत केही साता देखि समाजिक सदभावमा आएको खलललाई मध्यनजर राख्दै मलंगवामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला सुरक्षा संयन्त्रले उच्च सुरक्षा सावधानी अपनाएर शान्ति व्यवस्था कायम गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएका छन् ।
पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आज (बिहीबार) प्रदेश सरकारले मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ ्र आज प्रदेशभरीका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन