एलआईसी नेपाल लिमिटेड विरुद्ध उजुरीको चाँङ, कारवाही गर्ने निकाय फितलो

601 Shares

एलआइसी नेपाल लिमिटेडमा व्याप्त बेथिति कहिले अन्त्य होला ? बिमित र अभिकर्ताहरु टाउकोमा हात राखेर प्रश्न गर्दछन् ।

रौतहट, ११ असोज । मेहनत, मजदुरी गरेर जोहो गरेको रकम आफू भन्दा बढि भएपछि घरपरिवार तथा छोराछोरीको भविष्यलाई मध्यनजर राख्दै विमा गराएर निर्धक्क बन्ने बिमितहरुको अहिले विल्लिबाठ भएको छ ! विमा गराएर निश्चिन्त भएका विमितहरुको खाताबाट विना इजाजत ऋण झिक्ने, थप ऋण निकाल्ने, विमाको रकम जम्मा गराउदा विमितको खातामा नराखी अन्य कृत्रिम विमित खडा गरेर ति खातामा उक्त रकम जम्मा गरेका कारण एलआइसी नेपाल लिमिटेडले विमितहरु संग धोखाधडी गरेका प्रमाणहरु फेला परेपनि त्यस कार्यमा संलग्न कर्मचारीहरुलाई हाल सम्म कारवाही नहुँदा कम्पनी माथि बिमितहरुले प्रश्न चिन्ह खडा गरेका छन् ।
विमितहरु आफू संग कम्पनीले धोखाधडी गरेर लाखौं लाख रुपैया अनियमितता गरेको भन्दै सम्बध निकाय लगायत नेपाल विमा प्राधिकरण र प्रहरीमा लिखित रुपमा उजरी गर्न बाध्य भएका हुन् । विगत तिन महिना देखि एलआईसी नेपाल लिमिटेडको गैरकानुनी क्रियाकलाप विरुद्ध बिमितहरु संगै एलआईसी नेपाल लिमिटेडका अभिकर्ता (एजेन्ट) हरु पनि उक्त कार्यप्रति असहमती जनाउदै पटक पटक मौखिक रुपमा भनेपनि कम्पनीबाट कुनै सुनवाई नहुँदा लिखित रुपमा नै एलआइसी नेपाल विरुद्ध विमा प्राधिकरण र जिल्ला प्रहरी कार्यालय रौतहट, महोत्तरी, धनुषा र काठमाडौंमा उजुरी गरेका हुन् ।
एलआइसी नेपाल लिमिटेड बिरुद्ध उजुरी दिन एजेन्टहरु र बिमाधारीहरुले समन्धित निकाय र सरोकारवाला निकायहरुमा दर्जनौं भन्दा बढी सप्रमाण लिखित उजुरी गर्दा पनि समन्धित निकायहरु विगत तिन महिना बढी देखि मौन रही जवाफ नफर्काउदा कम्पनीकै मिलोमतोमा उक्त कार्य भएको त छैन ? भने समेत उनीहरुले गुनासो व्यक्त गरे ।
एलआइसी नेपाल लिमिटेडले एजेन्टहरु संग धोखाधडी गरेको रकम
एलआईसी नेपाल लिमिटेड गैरकानुनी क्रियाकलाप विरुद्ध लागेका एजेन्टहरुले दर्ता गराएका  रामप्रित यादव रु १३४२३९, राजेशकुमार यादव –रु . ७४७८२, सन्तोष कुमार सिंह रु ९६२७०, सबिता कुमारी–रु २२७०२७, रामध्यान ठाकूर रु ८१५०७ ,कुन्दन प्रसाद कुशवाहा–रु ९५७६०, आनन्द कुमार महतो–रु .६१७६७, रामप्रवेश यादव –रु ७६७७४, गुड्डी कुमारी–रु ७७२३५, रबिता कुमारी साह रु ६७१३४, बसन्त कुमार यादव–७३३७०, सुमितकुमार सूर्या –रु७६३८८, सत्येन्द्र पाण्डे– रु ५०००००० पच्चास लाख बढी थप विवरण आउँन बाकि रहेको कुरा श्रोतले बतायो ।
बिमाधारीले दिएको उजुरीः
बिमाधारीहरुले दिएका उजुरी नामावली– रमेश साह (रमेश कुमार गुप्ता) रौतहट – रु ९६५३१, शंकर राउत –जनकपुरधाम ८–रु ४८०००, रानी कुमारी साह –गौर ८–रु ४८०००, डेजीकुमारी शर्मा –जनकपुर –रु ३४४६६, रंजित ठाकुर हजम –गौर ६–रु .४४०००, सुदामी सह तेली –गौर ८–रु ६५०००+१५७७२, जय नारायण साह –भारत–४९८५०, बज्रंगी साह –भारत –४९८५०, रामलोचन राउत –गौर ०८–४९८५०, मनिषा कुमारी यादव –जनकपुर –रु १०००००(एक लाख ), आर्या पाण्डे – महोत्तरी – रु २०००००(दुई लाख ), पुनम कुमारी पासवान – सर्लाही –रु १००००० (एक लाख),  दरवि देवी (भारत)–रु १२७५०९+११७५६ लगायत थुप्रै बिमाधारी का बिबरण आउँन बाकि रहेको कुरा एलआईसी नेपाल लिमिटेड श्रोतले जानकारी दिए ।
एजेन्टहरुद्वारा दिएका नगद, चेक, नया बिमा प्रस्ताब फारम समन्धित व्यक्तिको बिमा लेख जारी नगरी नम्बर वन बनाउने होड मा केहि उच्च पधाधिकारी को निर्देशन र गलत गर्ने छुट दिएर ५०० बढी बिमाधारीका झन्झटिला प्रस्ताब फोरमहरु कम्पनीकै केहि कर्मचारी को निर्देशनमा सम्पूर्ण कागजात नस्ट पारिएको श्रोतले भने ।
एलआइसी नेपाल लिमिटेड गौर जनकपुर ब्राञ्चमा नष्ट पारिएका विमितको कागजात
२५०७१९५०९, २५०७१९५०८, २५०७१९५०७, २५०७१९४९०, २५०७१९४८९, २५०७१९४८८, २५०७१९४८७, २५०७१९४८६, २५०७१९४८५, २५०७१९४८४, २५०७१९४८३, २५०७१९४८२, २५०७१९४८१, २५०७१९४८०, २५०७१९४७९, २५०७१९४७७, २५०९१९४८९, २५०७१९९१०, २५०७१९६९२, २५०७१९६८०, २५०७१९९००, २५०७१९७२६, २५०७१९९२०, २५०७१९७१०, २५०७१९६७९, २५०७१९८८२, २५०७१९४६९, २५०७१९८७३, २५०७१९८७२, २५०७१९८६१, २५०७१९८७६, २५०७१९८७४ यी सहित एक हजार बढी सप्रमाण फेला परेका श्रोतले उपलब्ध गराएको छ ।
एलआईसी नेपालका तत्कालिन शाखा प्रबन्ध विपिनकुमार साहले माथिल्लो निकायको निर्देशनमा गरेको फर्जी कार्य एवं गैरकानुनी क्रियाकलापलाई ढाकछोप गर्दै अहिले सम्म जोगाउदै आएको छ । समन्धित एजेन्टहरुलाई भविष्यमा फसाउने नियतबस फर्जी बिमा प्रस्ताब फोरम तयार गरिरहेका जसमा एजेन्ट को नाम लेखि सम्बन्धित एजेन्ट र बिमाधारीका किर्ते हस्ताक्षर गरिसकेका थुप्रै बिमालेख फेला परेका नम्वरहरु यस प्रकार रहेको छ ।

किर्ते हस्ताक्षर गरेर तयार पारिएका विमालेख नम्वरहरुः

२५०७१९४७७, २५०७१९४७८, २५०७१९४७९, २५०७१९४८०, २५०७१९४८१, २५०७१९४८, २५०७१९४८५, २५०७१९४८६, २५०७१९४८७, २५०७१९४८९, २५०७१९४९०, २५०७१९५०८, २५०७१९५०९, १७०११६७६७, १७०११६७६९, १७०११६७७०, १७०११६७७३, १७०११६७७५, १७०११६७७६, १७०११६३२४, १७०११६३२५, १७०११६३२७, १७०११६३२८, १७०११६३२९, १७०११६३३०, २५०७२०२९०, २५०७२०२९१, २५०७२०२९२, २५०७२०२९३, २५०७२०२९४, २५०७२०२९५, २५०७२०२९६, २५०७२०२९७, २५०७२०२९८, २५०७२०२९९, २५०७२०३०, २५०७२०३०१, २५०७१९९५४, २५०७२००९९, २५०७२०१००, २५०७२०१०१, २५०७२०१०२, २५०७२०१०३, २५०७२०१०४, २५०७२०१०५, २५०७२०१०६, २५०७२०१०७, २५०७२०१०८, २५०७२०१०९, २५०७२०११०, २५०७२०१११, २५०७२२०१६, २५०७२०३९२, २५०७२०३९३, २५०७२०३९४, २५०७२०३९५, २५०७२०३९६, २५०७२०३९७, २५०७२०२६९, २५०७२०३३३, २५०७२०३६८, २५०७२०३६७, २५०७२०३६६, २५०७२०२५८, २५०७२०३८०, २५०७२०३८१, २५०७२०३८२, २५०७२०३८३, २५०७२०३८४, २५०७२०३८५, २५०७२०३८६, २५०७२०३८७, २५०७२०३८८, २५०७२०३८९, २५०७२०३९०, २५०७२०३९१, २५०७२०३३४, २५०७२०३३५, २५०७२०३३६, २५०७२०३३७, २५०७२३३८, २५०७२३३९, २५०७२०३४०, २५०७२०३४१, २५०७२०३४२, २५०७२०३४३, २५०७२०३४४, २५०७२०३४५, २५०७१९०५०, २५०७१९०५२ सहित एक हजार भन्दा बढि प्रमाण फेला परेका छन् ।
यी एउटा पुष्टि गरिएको प्रमाण हो जसले एलआईसी नेपाल लिमिटेडले विमितहरुलाई कति सम्म धोखाधडी गरेको प्रमाण फेला परेकोबाट नै प्रष्ट भएको छ । यथेष्ट प्रमाण हुँदा हुँदै पनि एलआईसी नेपाल लिमिटेडका संचालक एवं प्रशासनीक निकायले सम्बध कर्मचारी वा जिम्मेवार पदाधिकारीलाई कारवाही नगर्नु आफैमा दुखद विषय भएको पिडितहरुले तराई टप संग कुरा गर्दै गुनासो पोखे ।
त्यती मात्रै नभई गौर नगरपालिका वडा नम्वर ६ सपगढाका शेख अबुल कलामको २०७६ सालमा निधन भयो । उनको परिवारले मृत्यु दाबी गरेको चार बर्ष वितिसक्दा पनि कुनै कारवाही प्रक्रिया अघि नबढ्दा एलआईसीको नियतमाथि मृतकका छोरा महम्मद शमसादले प्रश्न चिन्ह खडा गरे । कलाम जस्तै गौर ब्राञ्चमा दश जना भन्दा बढिको डेथ क्लेम रहेको तर उनीहरुको कारवाही प्रक्रिया अघि बढ्न सकेका छैनन् ।
यस विषयमा केही दिन अघि कम्पनीका सुचना अधिकारी सुदर्शन गिरी र मार्केटिंग हेड ममता पौडेल बास्तविक्ता बुझ्न गौर आएपनि झारो टारेर संघिय राजधानी काठमाडौं फर्किएको थियो ।

स्मरणीय छ की, एलआइसी नेपाल लिमिटेडले ग्राहकहरुलाई लोभ्याउन “जिवन रहदा पनि, जिवन पश्चात पनि” मग्नमुग्ध स्लोगन दिएर हजारौं विमितहरुको जीवन संग खेलवाड गरिरहेको यस्ता प्रमाणहरुबाट सावित भएको छ । विमितहरुको मेहनेतबाट आर्जन गरिएका धनसम्पत्तीलाई तहसनहस बनाउने एलआइसी भित्रका धमिराहरुलाई तह नलगाइए यस विमा क्षेत्रनै धरापमा पर्न सकिने संकेत देखा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।