जनकपुरधाम, १२ असोज । नेपाली काँग्रेस मधेश प्रदेशका सभापति तथा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले संघियतालाई जन जन सम्म कार्यान्वयन गराउने कार्यमा नेपाली काँग्रेस इमान्दारीपूर्वक लागि परेको बताए ।
नेपाली काँग्रेस सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेशद्वारा शुक्रवार मधेश प्रदेशको कार्यालय जनकपुरधाममा आयोजित “प्रमाण पत्र वितरण तथा पहिलो बैठक” लाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
प्रजातन्त्र देखि लिएर आज संघिय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थालाई स्थापित गराउन र आम नेपाली जनताको लागि निर्माण भएको संविधानलाई संस्थागत गरी आत्मसाथ गराउने कार्यमा नेपाली काँग्रेस निरन्तर रुपमा लागि परेको जिकिर गरे ।
पार्टीलाई जन जनमा स्थापित गराउने कार्यको प्रमुख मेरुदण्ड संचार क्षेत्र रहेको हुँदा मधेश प्रदेशले सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेर पार्टीलाई संगठनात्क रुपमा बलियो बनाउने हेतु यसको गठन गरिएको बताए ।
समाचार सम्प्रेषण गर्दा यथार्थ कुरा बुझी सत्य तथ्य समचार सम्प्रेषण गर्न आग्रह गर्दै प्रदेश सभापति यादवले सम्पुर्ण सुचना संचार तथा प्रचार प्रसार विभागका पदाधिकारीहरु निर्धक भएर सत्य तथ्य समाचार संकलन गर्न र सम्प्रेषण गर्न आग्रह गरे । प्रदेशमा काँग्रेस सत्ता साझेदार गरेर सरकारमा सहभागी भएको अहिलेको अवस्थाबाट आउदो समयमा नेपाली काँग्रेसलाई बलियो बनाई काँग्रेसको नेतृत्वमा सरकार गठन हुनेमा विश्वास व्इक्त गरे ।
प्रदेशको सरकारलाई अधिकारबाट बंचित गरेको अवस्था रहेको छ, यसलाई अधिकार सम्पन्न बनाउन हामी संघ संग आफनो स्थानबाट आवाजलाई उठाउदै आइरहदा पनि अहिले सम्म जसको तस अवस्थामा रहेको उनले भने ।
नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति तथा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्रप्रसाद सिंहले पार्टीको गतिविधिलाई जनसमुदाय समक्ष ल्याउनमा संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने गरेको हुँदा पार्टीको सुचना संचार तथा प्रचार प्रसार विभागको माध्यमबाट पार्टीको समाचार सम्प्रेषण लगायत समाजमा भएका गतिविधिको बारेमा पनि सत्य तथ्य समचार सम्प्रेषण गर्न आग्रह गरेमा पार्टीको संगठन बलियो भई मधेश प्रदेशमा आउलो २०८४ को निर्वाचनमा काँग्रेसकै नेतृत्वमा सरकार बन्ने ठोकुवा गरे ।
मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री महम्मद समिमले सुचना संचार तथा प्रचार प्रसार विभागलाइ चाहिने हरेक किसिमको सामग्री उपलब्ध आफू तयार रहेको बताउदै निर्धक भएर भयरहित वातावरणमा निश्पक्ष रुपमा समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेश प्रमुख प्रमुख नितेस कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस मधेश मधेश प्रदेश सदस्य नागेन्द्र साह, नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति तथा प्रशिक्षण बिभाग प्रमुख चन्द्र शेखर यादव, भौतिक पुर्वाधार बिकास मन्त्रीका मुख्य सचिव सन्तुप्रसाद यादव, नेपाल प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्यनारायण श्रेष्ठ, नेपाली काँग्रेस स्वास्थ्य सेवा विभागका प्रमुख शर्मिला थापा, नेबि संघ का पुर्व सह महामन्त्री मिथलेश मिश्र लगायतका व्यत्तिहरुले पहिलो बैंठक तथा नवगठित सुचना संचार तथा प्रचार प्रसार विभागका सदस्य तथा पदाधिकारीहरुको कार्यकाल पूर्ण रुपमा सफल रहन बधाई तथा शुभकामना दिएको विभागका सचिव निकेश त्रिपाठीले बताए । तथा कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि र अतिथिहरुलाई स्वागत प्रभातकुमार झाले गरेका थिए ।
नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागका पदाधिकारी एवं सदस्यहरु
विभाग प्रमुख नितेशकुमार गुप्ता, उप प्रमुख जालपाना कुमारी खरदार, सचिव निकेश त्रिपाठी, राहुल गुप्ता, निलिमा पौडेल, सजिर मंसुर, अंजली गुप्ता, सिकेन्दर पासवान, रोसन कुमार साह, हदिद खुदार, संतोष सिंह, संदिप, सागर हुमागाई ,प्रभातकुमार झा, राजेश्वर पाण्डे, निरंजन कुमार साह, सुधा देबी, ललिता साह, जयनारायण यादव, श्रीकान्त गुप्ता, प्रकाशकुमार श्रेष्ठ, कमल साह, सन्जु यादव, दयाराम यादव, मोहनराज जयाउलहक लाई प्रमाणपत्र बितरण गरिएको भिागको सचिव निकेश त्रिपाठीले जानकारी दिए ।
विभागको पहिलो बैठकमा प्रस्ताव तथा निर्णयहरु
प्रस्ताव १ः मा नेपाली कांग्रेस मधेस प्रदेशको छुटै पार्टीको आधिकारिक वेबसाइट निर्माण गर्न माध्यम कमिटीलाई आफ्नो फेसबुक पेज बनाउन निर्देशन दिने सम्बन्धमा ।
प्रस्ताव २ः मा मधेस प्रदेशको नाममा अनाधिकृत रूपमा सचालित फेसबुक पेज बन्द गराउन निर्णय गर्ने सम्बन्धमा ।
प्रस्ताव ३ःमा मधेस प्रदेशका प्रेस युनियनको समन्वयमा प्रदेश स्तरीय २ दिने परिक्षण कार्यक्रम गर्न प्रचारप्रसार व्यापक बनाउन निर्णय गर्ने सम्बन्धमा ।
प्रस्ताव ३ ःमा नेपाली कांग्रेस मधेस प्रदेशको कार्यहरू र कामकारबाही सम्पूर्ण जनप्रतिनिधिको कामकारबाही बारेमा बुलेटिन तयारी समिति गठन सम्बन्धमा ।
प्रस्ताव ः४ विविध निर्णय गरको हो ।
फोटो फिचर