पाकिस्तान, एजेन्सी । आतंकबादी हमलाबाट पाकिस्तानको हरेक प्रान्तको अवस्था कमजोर बन्दै गएको छ, खास गरेर खैबर पख्तुनख्वामा अवस्था अत्यन्तै दैनिय बन्दै गएका छन् ।
बलुचिस्तान र खैबर पख्तुनख्वामा आत्मघाती विस्फोटमा परेर कम्तीमा ५५ जनाले एकै दिनमा ज्यान गुमाउनु परेको छ ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबारको प्रार्थनाका क्रममा भएको आत्मघाती विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका हुन् ।
बलुचिस्तान प्रान्तमा भएको आत्मघाती विस्फोटमा कम्तीमा ५२ जनाको ज्यान गएको केही घण्टापछि यस्तो भएको हो । खैबर पख्तुनख्वामा विष्फोटका कारण मस्जिदको छाना खसेको छ ।
बलुचिस्तान प्रान्तमा आतंकवादीहरुले आत्मघाती विस्फोट गराएर ५२ जना भन्दा बढिको ज्यान गएको घटनाको केही समयमै खैबर पख्तुनख्वाको एक मस्जिदमा यसप्रकारको विस्फोट हुनुबाट पाकिस्तानमा पनि सरकार रहेको छ भनेर सर्वसाधारण नागरिकहरु अहिले प्रश्न उठाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन