रौतहट, १३ असोज । मानिसलाई समस्या पर्दा बैंक वा वित्तिय संघसंस्थाबाट कर्जा (ऋण) लिने गरिन्छ । यसैक्रममा कर्जा लिने सेवाग्रहीहरुको मजबुरीको फायदा उठाउदै एनआईसी एशिया बैंक गरुडा शाखाका प्रबन्धक आमोद गुप्ताले कर्जा लिने ग्राहकलाई नै विल्लीबाठ बनाइदिएका रहस्योघाटन भएका छन् ।
सेवाग्रहीले सहुलियत दरमा कर्जा लिने उद्देश्यबाट एनआईसी एशिया बैंक गरुडा शाखामा फर्म भर्दा अकुत पैसा कमाउन पल्केका शाखा प्रबन्धक गुप्ताले लाखौं रुपैया ठगेको आरोप लगाउदै तिन जना सेवाग्रही ग्राहकले जिल्ला प्रशासन कार्यालय सहित जिल्ला प्रहरी कार्यालयमा लिखित रुपमा उजरी दर्ता गराएको ११ दिन वितिसक्दा पनि कारवाही प्रक्रिया ओझेलमा परेका हुन् ।
असोज २ गते उजुरी दर्ता गराएपनि अझै न्याय नपाएको पिडितहरुले बताएका छन । एनआईसी एशिया बैक गरुडाका प्रबन्धक गुप्ताले ऋण स्वीकृत र कर्जा प्रबाह गरे बापत जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनि प्राईभेट लिमिटेड चन्द्रपुर १०, अशोका एग्रिकल्चर दुर्गाभगबती – १ र अम्बे कृषिफर्म चन्द्रपुर–८ का प्रोपाईटर संग सापटी भन्दै २ करोड ५ लाख रुपैया ७ महिना अघि लिए पनि फिर्ता नगरेपछि कानुनी कारबाहीको सम्बन्धित निकायमा पुगेको बताइएहो छ ।
२०७९ साल माघको अन्तिम सातामा कृषि प्रयोजनको लागि सहुलियत पुर्ण रुपमा ऋण स्वीकृत गरेपछि एनआईसी एशिया बैक गरुडाका प्रबन्धक गप्ताले प्रधान कार्यालयका उच्च तहका कर्मचारीको संलग्नतामा अशोका एग्रिकल्चर दुर्गाभगबती–१ का प्रोपाईटर अशोककुमार साह संग नौ वटा खाली चेक लिएर १०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८५ बाट सञ्जय यादबको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीबास्तबको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१७७ बाट पाना देबीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८२ बाट रामबच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८४ बाट आशा देबीको नाममा ५ लाख ३४ हजार लिएको प्रमाण फेला परेका छन् ।
साहको सर्लाही बरहथवा नगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ बिगाह १७ कट्ठा जग्गा धितो राखेर एनआईसी एशिया बैकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको थियो । स्वीकृत कर्जा रकम ऋणीको खातामा राख्नु अगावै नै बैक प्रबन्धक गुप्ताले खाली चेक लिएर आफना नजिकका बिभिन्न ब्यबक्तिको नाम बाट ८५ लाख रुपैया लिएको दुखेसो साहले पोखे ।
यसैगरी जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनि प्राईभेट लिमिटेड चन्द्रपुर– १० को नाममा रहेको चन्द्रपुर–१० डुमरियाको २५ कट्ठा र चन्द्रपुर– ९ को घर सहितको २ कट्ठा ५ धुर जग्गा धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोपाईटर पुष्पनाथ साहको छोरा राकेश साह संगको नाममा ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर बैकका प्रबन्धक गुप्ताले चेकनम्बर ४९००५३६४ बाट रामसिह राय यादबको नाममा ९ लाख ९० हजार, चेक नम्बर ५९००५३६२ को बाट मनिषा देबी साहको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६१ बाट दुर्गाकुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६३ बाट माधबप्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६५ बाट गैरी देबीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुलेका छन् ।
अम्बे कृषिफर्म चन्द्रपुर–८ का प्रोपाईटरलाई चेकको बिबरण बैकले उपलब्ध नगराएको बताइएको छ । एनआईसी एशिया बैक प्रधान कार्यालयका मुख्य गुनासो ब्यबस्थापन अधिकारी अर्जुन राजखनियाले आफुले यस बिषयमा बोल्न नमिल्ने बताए । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठले एनआईसी एशिया गरुडा शाखाबाट ऋण प्रवाहको विषयलाई लिएर केही पिडितहरुद्धारा ठाडो उजुरी गरिएको स्वीकार्दै हामी उक्त उजुरीको आधारमा छानविन एवं अनुसन्धान गरिरहेका छौं उनले भने । तर कारवाही प्रक्रिया अगाडी बढाउनका लागि जाहेरी आउनु पर्ने जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन