दुई छात्रा संग सामुहिक बलात्कार गरेको आरोपमा दुई फक्राउ एकजना फरार

146 Shares

सर्लाही, १४ असोज । सर्लाहीको मलंगवामा दुई जना छात्रा संग सामुहिक रुपमा बलात्कार गरेको आरोपमा दुई जना आरोपित पक्राउ परेको छ भने एक जना फरार रहेका छन् ।
मलंगवा नगरपालिकामा अध्ययनरत दुईजना छात्रा संग सामुहिक बलात्कार गर्ने तिन जना मध्ये दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेपनि एकजना अझै फरार रहेका हुन् ।
धनुषा जिल्ला सहिद नगरपालिका वडा नम्वर ४ मौरिया टोलका अनिकित कुमार यादव र पर्सा जिल्ला पटेर्वा सुगौलीका सुजित चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
भदौ ३१ गते राति उनीहरुले बलात्कार गरेको भन्दै मलंगवा नगरपालिका–२ स्थित एक कलेजमा अध्ययनरत दुई छात्राले असोज ९ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी उजुरी दिएका थिए ।
आरोपित र पीडित मलंगवा–२ को एउटै घरमा भाडामा बसेर अध्ययन गर्दै आएका थिए । टेक्नीकल इन्ष्टिच्यूटमा फार्मेसी दोस्रो वर्ष पास भएको उपलक्ष्यमा धनुषा जिल्ला सहिद नगरपालिका वडा नम्वर ४ मौरिया टोलका अनिकित कुमारले भोज खान बोलाएर सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको प्रहरी श्रोतबाट बुझिाएको छ ।
सर्लाही घर भएका फरार एक जना आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । घटना भएको समयमा मलंगवा नगरपालिकामा दुई समुदाय विच भएको झड्पका कारण अशान्त भएको कारण उजुरी गरेको थिएन ।
मलंगवाको अवस्था साम्भ भएपछि ति तिन जना विरुद्ध कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा लिखित उजुरी गरेर न्यायको लागि गुहार लगाएकी पिडिताले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।