चोरीको घटना लुकाउन महिलाको हत्या भएको पर्सा प्रहरीको खुलासा

92 Shares

पर्सा, १७ असोज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा चोरीको घटनालाई लुकाउन महिलाको हत्या गरेको खुलासा भएका छन् ।
गत असोज २ गते जगरनाथपुर गाउँपालिका वडा नम्वर ५ मसिहानीका ५६ बर्षिया कान्ति देवी बिनको हत्या भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा चोरीको घटना सार्वजनिक हुने डरबाट महिलाको हत्या गरिएको प्रहरीको अनुसन्धान पछि खुलासा भएका हुन् ।
मृतक महिलाको साख्खैं जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत, ५७ वर्ष अमिरिका राउत बिन बिन र स्थानीय ३६ वर्षीय लालबाबु राउत बिन पक्राउ परेपछि उक्त कुरा खुलेका छन् ।
पर्सा सदरमुकाम वीरगञ्ज स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा मङ्गलवार भएको पत्रकार सम्मेलनमा पर्सा प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको छ । एक्लै बस्दै आएकी कान्तिदेवी सँग रहेको दुई लाख ५० हजार रुपैयाँ चोर्ने नियतले घरमा प्रवेश गरेका तिनै जनाले उनको टाउकोमा धारिलो हतियार प्रहार गरी बेहोस बनाएर घाँटी रेटी हत्या गरेको प्रहरीले बताए ।
कान्तिका श्रीमानको १० वर्षअघि मृत्यु भइसकेको छ भने दुई छोराहरू कामको सिलसिलामा बाहिर बस्दै आएका थिए । तिन जना छोरीहरू समेत विवाह गरेर अन्यत्र बस्दै आएकी छन् ।
पर्सा प्रहरीका प्रमुख कोमल विक्रम शाहका अनुसार असोज १ गते मध्यरातमा चन्द्रिका, अमेरिका र लालबाबु मृतक कान्तिको फुसको घरमा चोरी गर्न भित्ता फुटालेर (सुरुङ खनेर) प्रवेश गरेका थिए । उनीहरू प्रवेश गरेको आवाज सुनेपछि घरमै सुतिरहेकी कान्ति ब्युँझिइन । कान्तिदेवी ब्युँझिएपछि उनीहरूबिच विवाद सुरु भयो । त्यही क्रममा होहल्ला भएपछि एक जनाले कान्तिदेवीको टाउकोमा धारिलो हतियारले प्रहार गरेर उनलाई बेहोस बनाए ।
‘कान्तिदेवी बेहोस भए पनि आफ्नो पहिचान खुल्ने डरले सिरानीबाट उनको मुख थुनेर खुर्पी (धारिलो हतियार) ले घाँटी रेटेर हत्या गरेको,’ एसपी शाहले भने । पक्राउ परेका मध्ये लालबाबुले प्रहरीलाई बयान दिने क्रममा कान्तिको हत्या गरेको स्वीकार समेत गरेका छन् ।
मृतकका एक्ला छोरा अर्जुन मुखिया बिन वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेको हुँदा नारायणी अस्पतालमा पोस्टमार्टम पश्चात् कान्तिको शव अहिले पक्राउ परेका जेठाजु चन्द्रिकाले नै बुझेर लगि दाहसंस्कार समेत गरेको एसपी शाहले बताए ।
आमाको मृत्युको खबर पाएर घर फर्किएका मृतक कान्तिका छोरा अर्जुनले असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएपछि सोही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरिएको थियो । लालबाबु पक्राउ परेपछि उनले दिएको बयानको आधारमा चन्द्रिका र अमिरिका बिन पनिलाई असोज १४ गते पक्राउ गरिएको थियो ।
श्रोतः यात्राडेली

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।