हुलकी सडक अन्तर्गत पर्ने बागमतीको पुल बनाउन प्रजिअ मार्फत भौतिक पूर्वाधार विकास मन्त्रीलाई ज्ञापन

156 Shares

रौतहट, १७ असोज । हुलाकी राजमार्ग अन्तर्गत दुर्गा भगवती गाउँपालिका ५ बडहर्वा स्थित वागमती नदीमा बर्षौं देखि अलपत्र रहेका पुलको निर्माण कार्य सम्पन्न गराउन स्थानीयहरुले विरोध प्रदर्शन गर्दै प्रजिअ मार्फत भौतिक पूर्वाधार विकास मन्त्रीलाई ज्ञापन बुझाएका छन् ।
विगत १३ बर्ष अघि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका हुलाकी राजमार्ग अन्तर्गत पर्ने दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा गाउँ छेउमा रहेका वागमती नदीमा निर्माणाधिन पुल बर्षौ देखि अलपत्र अवस्थामा रहदा स्थानीय बासिन्दाहरु निकै कष्टकर जिवन विताउदै आइरहेकोमा बाध्य भएर बडहर्वाबासीहरु पुल बनाउन सडकमा ओर्लिएका हुन् ।


रौतहट क्षेत्र नम्वर १ का संघिय साँसद तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र प्रदेश साँसद नागेन्द्र साहको विरुद्ध प्लेकार्ड बोकी सदरमुकाम गौरमा नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत संघिय भौतिक पूर्वाधार विकास मन्त्रीलाई बुधवार ज्ञापन पत्र बुझाए । दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष धर्मनाथ जयसवालको नेतृत्वमा सयौं स्थानीय बासिन्दाहरु अविलम्ब पुल निर्माणको वातावरण बनाउन नेपाल सरकार संग माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
पूर्व मेची देखि महाकाली सम्म हुलाकी सडक आयोजना अन्तर्गतको सडक जुन तराई मधेशको जिल्लाहरुको सदरमुकाम भएर जोड्ने सडकमा वागमती नदीमा पर्ने उक्त पुल बर्षौ देखि अलपत्र अवस्थामा रहेका थिए । गत बर्ष तत्कालिन पप्पु निर्माण सेवालाई ब्लाक लिष्ट गर्दै उक्त टेण्डर खारेज गरेर नयाँ टेण्डरको माध्यमबाट अर्को निर्माण कम्पनी आएपनि निर्माण कार्य गति पाउन नसकेको आरोप वडाध्यक्ष जयसवाले गुनासो गरे ।
वडाध्यक्ष जयसवालले वाइ पी महा लक्ष्मी÷विकास जेभीले पुन ः ठेक्का सकार गरेर निर्माण कार्य गर्न कबोल गरेको तर निर्माण गर्न आनाकानी गरिरहदा पटक पटक ताकेता गर्दा कुनै सुनवाई नभएपछि बाध्य भएर ज्ञापन पत्र बुझाउनु परेको बताए । चाँडो भन्दा चाडो पुलको निर्माण कार्य सुरु भएन भने चरणबद्ध रुपमा संघर्ष गर्न हामी बाध्य हुने छौं समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा जिल्ला प्रशासन कार्यालय गौरका शाखा अधिकृत प्रशान्त बर्मालाई ज्ञापन पत्र बुझाइएको उनले भने ।
स्थानीय बासिन्दा एवं समाजसेवी दिपेन्द्र सिंहले बषौं बर्ष देखि अलपत्र रहेका बागमतीको पुल निर्माण नहुँदा बर्षेणी यहाँका बासिन्दाहरु निकै दुख कष्ट भाग्दै आएको हुँदा अविलम्ब उक्त पुलको निर्माण कार्य सम्पन्न गराएर जनताहरुलाई दुख कष्टबाट मुक्ति दिलाउन संघिय सरकार संग जोडदार रुपमा माग गरे ।

दुर्गा भगवती, यमुनामाई गाउँपालिकाका श्यामान्द शर्मा, विजय साह, राजेश ठाकुर, राघव राम सहित सयौं स्थानीय बासिन्दाहरु उक्त विरोध प्रदर्शन एवं ज्ञापन पत्र बुझाउनमा सहभागी रहेको थियो ।

फोटो फिचर

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।