जनकपुरधाम, १७ असोज । नेपाली काँग्रेस मधेश प्रदेश सभापति तथा मधेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादव कार्यवाहक मुख्य मन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।
मधेश प्रदेशको मुख्य मन्त्री सरोजकुमार यादव काम विशेषले प्रदेश बाहिर जानुपर्ने भएको हुँदा बुधवार देखि भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको हो ।
मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकिएको प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवद्धारा हस्ताक्षरित सुचनामा आफू नआउन्जेल सम्मको लागि नेपाली काँग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवलाई कार्यबाहक मुख्य मन्त्रीमा चयन हुनु भएकोमा नेका मधेशप्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेश गुप्ताले खुशी व्यक्त गर्दै बधाई समेत दिए ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट