रौतहट, २२ असोज । हमास विद्रोहीहरुको आक्रमणमा परेर इजरायलमा रहेका नेपालीहरुको मृत्यु भएका शोकमा भोली मंगलवार सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गरेको छ ।
आज सोमबार दिउसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषदको आकस्मिक बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले भनिन । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र नेपाल ल्याउन गृहकार्यमा नेपाल सरकार जुटेको समेत निर्णय भएको स्पष्ट पारिन् ।
पेलेष्टाइनमा रहेका हमासका विद्रोहीहरुले हजारौं राकेट प्रहार गरेर इजरायल माथि आक्रमण गर्दा त्यहाँ अध्ययनरत विद्यार्थीहरुको दुखद निधन भएकोमा भोली नेपाल सरकारले शोकमा एक दिने विदा दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन