सर्लाही, २४ असोज । जंगली जनावरबाट तरकारी बारीलाई जोगाउन थापिएको विद्युतिय करेन्ट लागेर मंगलवार राति एक युवकको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका वडा नम्वर १४ मा नरेश साहले तरकारी बारीलाई जंगली जनावरबाट जोगाउन थापेको विद्युतिय काँडे तारमा करेन्ट लागेर सोही वडा बिनमा टोलका ४५ बर्षिय शिवजी साहको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको हो ।
नरेशले लगाएको काउली खेतीलाई निलगाई सहित विभिन्न जंगली जनावर प्रवेश गरेर हानी नोक्सानी पुर्याउदै आइरहदा चारैतिरबाट काँडे तार लगाएर विद्युतिय करेन्ट प्रवाह गरेको खेत नजिक शिवजी गएराति शौच गर्न जाँदा तारमा टाँसिएर मृत्यु भएको इप्रका बरहथवाका डिएसपी नरेशराज लामिछानेले बताए ।
डीएसपी लामिछानेका अनुसार साह घर छेउमा भर्खरै रोपिएको काउलीमा जोखिमपूर्ण ढंगले चारैतिर बिजुलीको करेन्ट प्रवाह हुने उद्देश्यबाट काँडे तार लगाएर करेन्ट प्रवाह गरिएको थियो । विजुलीको हुकिड गरेर काउली बारीमा लगाएर नाँगो तारबाट शिवजीको मृत्यु भएको अवस्थामा प्रहरीले शव बरामद गरेको बताए ।
कानुन विपरित हुकिंग गरेर तरकारी बालीमा नाँगो तार लगाई करेन्ट प्रवाह गर्ने नरेश साह घटना पश्चात फरार भएका छन् । नरेशका छोरा रामकेवल साहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डीएसपी लामिछानेले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन