मध्यपुर्व, एजेन्सी । इजरायली सेनाले हमास बाहुल्य क्षेत्र गाजापटीमा भीषण बमबारी गरेको छ ।
विद्रोही समूह हमासका बाहुल्य भएको अखाडाहरु तथा निजी घरहरुमा समेत इजरायली सेनाले रातभर बमबारी गरेको हो । बमबारीबाट कति मानिस मारिए भन्ने यकिन भईनसके छैन । बमबारीमा परी प्यालेन्टिनी दुई जना पत्रकार मारिएको पुष्टि भएको छ । इजरायली रक्षा मन्त्रालयले गाजामा एक हजार सात सय बढी क्षेप्यास्त प्रहार गरेको भन्दै हमासका ७३ वटा कमाण्ड सेन्टर, ४७५ वटा रकेट प्रणाली र २२ वटा भूमिगत अखडा ध्वस्त बनाएको दाबी गरेको छ । गाजामा पानी, विजुली, इन्धन, खाद्यान्न लगायतको आपूर्ति बन्द गरेर इजरायलले भीषण बमबारी गरेका छन् ।
उता, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट अहिलेसम्म ७ सय ४ जना मारिएको भन्दै मारिनेहरुमा १४३ बालबालिका र १०५ जना महिला रहेको जनाएको छ । आक्रमणबाट ४ हजार सर्वसाधारण घाइते भएको प्यालेस्टिनीले दाबी गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धको शुरुवात नै नगरेको भन्दै शत्रुहरुले दशकौं सम्म सम्झिरहने गरी युद्धको अन्त्य गरिदिने चेतावनी दिएको छ । हमासले इजरायल माथिको आक्रमण अक्षम्य गल्ती थियो भनेर सधैं सम्झिरहने उहाँको भनाइ छ ।
एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन