विश्वकप क्रिकेटमा न्यूजिल्याण्डको लगातार तेस्रो जितः बंगलादेश ८ विकेटले पराजित

68 Shares
न्युजिल्याण्डले एकदिवसीय विश्वकप २०२३ मा लगातार तेस्रो खेल जितेको छ । चेन्नईको चेपौक मैदानमा भएको खेलमा टोलीले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो । यसअघि टोलीले साविक विजेता इंग्ल्याण्ड र नेदरल्याण्डलाई पनि पराजित गरेको थियो ।
चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४५ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डले ४२.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । केन विलियम्सनले ७८ र डेरिल मिचेलले ८९ रन बनाए । पहिलो इनिङ्समा लोकी फर्गुसनले ३ विकेट लिए ।
न्युजिल्यान्ड नम्बर एकमा पुगे
बंगलादेशमाथिको जितसँगै न्युजिल्याण्ड अंक तालिकाको पहिलो स्थानमा पुगेको छ । उसको ३ खेलमा ३ जितपछि ६ अंक छ । ४–४ अंकसहित दक्षिण अफ्रिका दोस्रो, भारत तेस्रो र पाकिस्तान चौथो स्थानमा छ ।
मिचेलको इनिङ्सले फिनिसिङ प्रदान गर्यो
विलियमसन रिटायर्ड हर्ट भएपछि पनि डेरिल मिचेलले आफ्नो इनिङलाई निरन्तरता दिए । उनले ६७ बलमा ८९ रन बनाए र ग्लेन फिलिप्सको साथमा टोलीलाई जित दिलाए । फिलिप्सले ११ बलमा १६ रन बनाए । टोलीका तर्फबाट रचिन रविन्द्रले ९, डेभोन कोनवेले ४५ र केन विलियम्सनले ७८ रन बनाए ।
बंगलादेशका मुस्ताफिजुर रहमान र शकिब अल हसनले १–१ विकेट लिए । बाँकी बलरले विकेट लिन सकेनन ।
विलियम्सन ७८ रन बनाएर रिटायर हर्ट भएका थिए
१२ रनमा पहिलो विकेट गुमाएपछि कप्तान केन विलियम्सन र डेरिल मिचेलले न्युजिल्यान्डको जिम्मेवारी उठाएका थिए । आफ्नो अर्धशतक पूरा गरेपछि विलियम्सनले डेरिल मिचेलसँग शतकीय साझेदारी पनि गरे । विलियम्सन चोटबाट फर्किएका छन, तर रन लिने क्रममा उनको चोटग्रस्त हातमा बलले ठक्कर दिएको थियो । जसका कारण उनी ७८ रनको स्कोरमा रिटायर हर्ट भएर प्याभिलियन फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।