सर्लाही, २७ असोज । सर्लाहीको इश्वरपुर नगरपालिको कालिञ्जोरमा बालविवाहलाई रोक्ने उद्देश्यबाट वृहद रयाली प्रदर्शन गरिएको छ ।
ईश्वरपुर नगरपालिका वडा नम्वर १२ कालिञ्जोरलाई बालविवाह मुक्त वडा बनाउने उद्देश्यबाट स्कुलेबालबालिकाहरुले वृहद रयाली प्रदर्शन गरिएको हो ।
वडा स्तरीय बाल अधिकार समिति, बाल क्लब, वडा स्तरीय बाल विवाह न्यूनिकरण समितिको संयुक्त आयोजना, ग्रामीण नारी उत्थान संघको सहयोग र नगरपालिकाको समन्वयमा गाउँको मुख्य चारैतिरको सडकमा बृहत रयाली निकालेर अभिभावकहरुलाई सचेत गराइएको छ ।
सुकेपुरबाट सुरु भएको रयाली नयाँटोल, बजारटोल लगायतका क्षेत्रमा परिक्रमा गरी नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीमा पुगेर कोण सभामा परिणत भएको ग्रामीण नारी उत्थान संघकी सामाजिक परिचालक विन्दा लुंगेलीले जानकारी दिईन् ।
वडा स्तरीय बाल अधिकार समितिका अध्यक्ष एवं कालिञ्जोरका वडाध्यक्ष देवीबहादुर खत्रीको अध्यक्षता तथा ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा आयोजित बाजागाजा सहितको रयालीमा शिक्षक, दलका प्रतिनिधि, विद्यार्थी, महिला सन्जाल, स्वयंसेविका, बाल क्लबका बालबालिका, अगुवा, अभिभावक लगायत बाल विवाह विरुद्धको विभिन्न नारा लेखिएको प्ले–कार्ड सहित सहभागी भएका थिए । वडालाई बाल विवाहमुक्त बनाउन अब सबैले आ–आफ्नो ठाउँबाट लागि पर्ने निर्णय स्थानी सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन