73
Shares
फाइल फोटो
रौतहट, २७ असोज । सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको उन्नत जाँतको कुखुराको हुर्किएको चल्लालाई शनिवार नष्ट गरेको छ ।
गौर नगरपालिका २ बकैया नदीको पुर्वी बाँध भएर नेपाल तर्फ आउदै गरेको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकल छाडी भारत तर्फ भागेपछि सशस्त्र प्रहरीको गौैर विओपीबाट खटिएको गस्ती टोलीले आज विहान बेवारिसे अवस्थामा उन्नत जातको कुखुराको हुर्किएका चल्ला सहित मोटरसाइकल बरामद गरेको हो ।
बरामद गरिएको चल्लालाई पशु क्वारेन्टाइन प्रमुख, संचारकर्मी, स्थानीय भद्रभलादमीको रोहबरमा खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण रौतहटले जनाएको छ । बरामद भएका मोटरसाइकललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन