रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठको एक महिने कार्यकालको उपलब्धी, चाँडपर्व सुरक्षा योजना कडाईका साथ पालना हुँदै

144 Shares

रौतहट, २८ असोज । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखमा महेन्द्रकुमार श्रेष्ठको आगमन संगै जिल्लामा हुने अवाञ्छित गतिविधिलाई नियन्त्रण गरिने अभियानमा कडाईका साथ सक्रिय भएर नेपाल प्रहरी लागि परेका छन् ।
बडा दशैं, तिहार, छठ पर्वलाई लक्ष्ति राख्दै सीमा क्षेत्रबाट हुने अबैध ओसारपसार, अबैध मदिरा भठि तोडफोड, अपराधिक गतिविधि, लुटपाट, चोरी, झै झगडा, सवारी चेकजाँच लगायतका कार्यलाई कुनै पनि बहानामा अनदेखा नगरी नेपाल प्रहरीको मुलमन्त्र अनुसार कडाईका साथ पालना गर्न गराउने कार्यमा एसपी श्रेष्ठ आएदेखि नै सक्रिय भएर लागि परेका हुन् ।
चाडपर्व सुरक्षा योजना अन्तर्गत पर्वमा व्यस्त सर्वसाधारण रहदा कुनै किसिमको अवाञ्छित कार्य हुन नदिन जिल्ला प्रहरी कार्यालय सहित जिल्लाका हरेक युनिटहरुले मातहतका क्षेत्रमा अहोरात्री खटेर गस्ती कार्य गर्दै आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत युनिटहरुले बिभिन्न स्थानहरुमा चेक पोवाइन्ट राखी गरिने नियमित चेकजाँच तथा सरप्राईज चेकजाँचको क्रममा विगत एक महिना भित्रमा चोरीको संकाष्पद मोटरसाईकलहरु ७ थान बरामद गरी अनुसन्धान भई रहेको छ ।
यस्तै बिभिन्न मुद्दाका फरार प्रतिवादी १७ जना र चालु मुद्दाका ८ जनालाई पक्राउ गरी अनुसन्धान भईरहेको, चोरी तथा हराएको मोबाईल फोनहरु खोज तलास गरी सम्बन्धित धनिहरुलाई बिभिन्न कम्पनिको मोबाईल १७ थान जिम्मा बुझाईएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए ।
अबैध रुपमा भन्सार छली चोरी निकासी÷पैठारी गरी ल्याएको मोटरसाईकल १५ थान, पिकअप गाडी १ थान, बोलेरो गाडी १ थान, टेम्पु १ थान, अटो २ थान, सोफी रक्सी र अन्य सर सामानहरु गरी करिव ६१,२७,७७८ (एकसठी लाख सताइस हजार सात सत अठत्तरी) मूल्य बराबरको सामान बरामद गरी आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाईएको उनले भने ।
साथै आन देखि सुरु भएको महान चाड दशैंको अवसर पारी रौतहट सिमा क्षेत्रमा हुने भन्सार छली चोरी तस्करी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत समेतबाट संक्रिय रुपमा प्रहरी टोली परिचालन गरिएको डिएसपी केसीले बताए ।

जिल्लाबासीहरु निर्धक्क भई सौहार्दपूर्ण ढंगबाट शान्तिपूर्वक चाडपर्व मनाउन आग्रह गर्दै तपाईहरुको सुरक्षार्थ सधैभरी नेपाल प्रहरी रहेको प्रतिबद्धता रौतहट प्रहरीले आम नागरिक संग अपिल गरेको छ ।

फिचर फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।