काठमाडौं, २८ असोज । धितोपत्र ब्रोकर एशोसिएशनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ इन्रप्रेनियर्स अवार्डबाट सम्मानित भएको छ ।
युवा उद्यमीको रुपमा प्रख्यात रहेका ढकाल आफनो उद्यमशिलता मार्फत कृषि, व्यापार र समाज सेवामा पुर्याएको योगदान वापत “एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड” अन्तर्गतको “योङ ईन्टरप्रेनियर्स अवार्ड” बाट सम्मानित भएको हो ।
सिजन मिडियाको आयोजनामा गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्मान सहित उक्त अवार्ड प्रदान गरे । युवा उद्यमी ढकाल, व्यवसायीक तथा सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका छन् । उनले पर्यटन, कृषि, वित्त, सूचना–प्रविधि, हस्पिटालिटी, कानुनी परामर्श सेवा, लगानी सहजीकरण र व्यापार व्यवसाय लगायतका थुप्रै क्षेत्रमा कार्य गर्दै आएको छ ।
ढकालले पछिल्लो समय धितोपत्र ब्रोकर व्यवसायलाई मुख्य व्यवसाय बनाएर अघि बढेको बताइएको छ । उनकै पहलमा १६ वर्षपछि पहिलो पटक नयाँ ब्रोकर कम्पनीले लाईसेन्स पाउन सफल भएका थिए भने यस क्षेत्रमा रहँदै आएको सिण्डिकेट समेत तोडिन पुगेको छ ।
उद्यमी ढकाल नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार फोरमका केन्द्रीय सदस्य समेत छन् । ढकाल व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्र्तिण गरेको छ भने त्रिभुवन विश्वविद्यायलय बाटै कानुन शास्त्रमा स्नातक गरेका छन् । कानुन व्यवसायी समेत रहेका ढकाल पाटन उच्च बारका कार्य समिति सदस्य समेत रहेका हुन् ।
हाल उनले त्रिभुवन विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधी गरिरहेका छन् । अवार्ड प्राप्त गरेपश्चात आँफुलाई अझ बढि जिम्मेवारी थपिएको हुँदा आफनो जिम्मेवारीबोध भएको र आगामी दिनमा युवा उद्यमशिलताको विकास, नेपालको पुँजीवजारको सुधार र सुदृढिकरणको लागी थप सक्रिय रहन प्रेरणा मिलेको ढकालले वताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन