महिलाको नाक काट्ने बाबुछोरा माथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता

82 Shares

रौतहट, २९ असोज । छिमेकी महिला माथि साँघातिक आक्रमण गर्ने बाबुछोरा माथि जिल्ला प्रहरी कार्यालय रौतहटमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका छन् ।
गौर नगरपालिका वडा नम्वर ३ बस्ने मनोज बर्माको ४५ बर्षिया श्रीमती सुनिता श्रीवास्तव माथि छिमेकी प्रेमचन्द्र झा र निजका छोरा अभिनाश झाले साँघातिक आक्रमण गरेर नाकमा काटिदिएपछि बुवाछोरा माथि पिडित पक्षले आज सोमवार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएका हुन् ।
आईतवार विहान १० बजेको समयमा सामान्य कुरालाई लिएर बादविवाद हुँदा अभिनाश झाले सुनिता माथि लौरोले प्रहार गर्दा नाकमा गम्भीर चोट लाग्दा महिलाको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचार विरगंज स्थित न्यूरोमा भईरहेको छ । निज महिलाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
पिडिता महिला श्रीवास्ताव नेकपा एमालेको प्रदेश समितिको सदस्य पदमा निर्वाचित भएर शनिवार मात्रै घर फर्किएका थिए । आरोपित प्रेमचन्द्र झा नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रहेका छन् । घटना लगतै अभिनासलाई प्रहरीले नियन्त्रणमा लिइसकेको भएपनि प्रेमचन्द्र अझ प्रहरी नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले बुवाछोरा माथि ज्यान मार्ने मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।