रौतहट, ३० असोज । दलबदल कानुन अनुसार निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएकी रिनाकुमारी साहको पद रिक्त भएको निर्णय गरेको छ ।
निर्वाचन आयोगले मंगलबार सूचना जारी गरेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मौलापुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएकी साह अन्य दलमा प्रवेश गरेपछि पद रिक्त भएको निर्णय गरेर जानकारी दिएको हो ।
नगरप्रमुख साह अन्य दलमा प्रवेश गरेको एमालेको केन्द्रीय समितिको निर्णय कपी निर्वाचन आयोगमा पठाएपछि उक्त पत्रका आधारमा आयोगले राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम ९२० बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ । निर्वाचन आयोगले नगरप्रमुखको पद रिक्त भएको सुचना जारी गरेपछि नगरप्रमुख श्रीमती साह संग प्रतिक्रिया लिदा अहिलेको प्रक्रियावादी राज्यसत्ता संचालन गर्नेहरु जनताको अभिमत संग खेलवाड गरेको पहिलो प्रतिक्रिया दिइन् । यसबाट प्रष्ट भएको छ की देशमा विधिको शासन छैनन्, केपी ओली, प्रचण्ड, माधव जस्ता नेताहरुको कारण देशले पाएको उपलब्धीहरु गुम्दै गएको बताइन ।
रौतहटमा दुई पालिका प्रमुखको पद रिक्त भए
रौतहट जिल्लाको १८ वटा स्थानीय तह मध्ये दुई स्थानीय तहका प्रमुख पद हालको लागि रिक्त भएका छन् ।
यसअघि आर्थिक अनियमितता गरेको अभियोगमा फतुवा विजयपुर नगरपालिकाको नगरप्रमुखमा काँग्रेसबाट निर्वाचित गोपाल राय यादव विरुद्ध विशेष अदालतले अभियोग ठहर गर्दै कैद र जरिवाना तोकिएपछि उनको पद समाप्त भएको थियो भने मौलापुर नगरपालिकामा एमालेबाट प्रमुख पदमा निर्वाचित भएकी रिनाकुमारी साह माथि दलबदलको कानुन लागेर उनको पद रिक्त भएका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट