106
Shares
काठमाडौं, १ कार्तिक । त्रिकोणिय टि २० सिरिजको पहिलो म्याचमा युएईले नेपाललाई जीतको लागि १४१ रनको लक्ष्य दिएको छ ।
काठमाडौंको मुलपानी क्रिकेट रंगशालामा आज देखि सुरु भएको त्रिकोणिय टि २० क्रिकेट म्याचको पहिलो खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिंगको लागि आमन्त्रण गरेका थिए । युएईले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाई १४० रन बनाएका छन् ।
युएईका लागि सबैभन्दा बढि बसिल हमिदले ५१ रन बनाए । उनले ३८ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए । नेपाली बलर करन केसीले ४ ओभरमा १९ रन दिएर तिन विकेट हात पारे, गुल्सन झाले ३ ओभरमा ११ रन खर्चेर दुई विकेट लिए भने सोमपाल कामी र अभिनाश बोहराले समान १ विकेट लिएर युएईलाई १४० रनमा रोक्न सफल भएको छ ।
नेपालले ब्याटिंग सुरु गरिसकेको छ पहिलो ओभरमा ३ बनाइसकेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन