111
Shares
रौतहट, १ कार्तिक । चाँडपर्वको अवसरमा राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न सुरु गरेको दुई दिन वितिसक्दा पनि रौतहट सदरमुकाम गौरमा नयाँ नोट आएको छैनन् ।
नयाँ नोट लिनका लागि नेपालीहरु गौरको बैंकहरु चहार्दा एउटै जवाफ पाए यहाँ नयाँ नोट छैनन् । नयाँ नोट राष्ट्रिय बाणिज्य ल्याउने गर्दथ्यो तर यसपालि उक्त बैंकले नयाँ नोट नल्याउदा उपभोक्ताहरु नयाँ नोट पाउनबाट बंचित भएका हुन् ।
राष्ट्र बैंकको कथनी र करनीमा फरक व्यवहार देखिएको छ । संघिय राजधानी बाहेक वीरगञ्ज, जनकपुर लगायतका स्थानमा रहेका राष्ट्र बैंकले मात्रै नयाँ नोट वितरण गर्दा अन्य स्थानका उपभोक्ताहरु नेपाली नागरिक होइनन कि जस्ता प्रश्न चिन्ह खडा गरेका छन् ।
चाँडपर्वमा पनि नयाँ नोट नपाउनु यो कस्तो विडम्बना हो भन्दै ग्राहकहरु बैंकबाट खाली हात फर्किदै तराई टप संग गुनासो गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन