गौर कारागारका मुख्य नाइके मनोजकुमार बैठाको गोरखधन्धा जारी
रौतहट, २ कार्तिक । गौर कारागारमा व्याप्त रहेको बेथिति कहिले सुध्रिएला ? यतिखेर प्रश्न चिन्ह खडा भएका छन् ।
राज्यद्धारा कैदीबन्दीहरुको लागि आउने चामल पसलमा विक्री वितरण गरी अकुत रकम कमाउन पल्किएका कारागारका मुख्य नाइके मनोजकुमार बैठा र जेलर मणिभुषण साहको मिलोमतोमा उक्त धन्धा जारी रहेका हुन् ।
राज्यबाट प्रति दिन प्रति कैदीहरुलाई सात सय ग्राम चामल र ८ं० रुपैयाको दरले रासन स्केल दिदै आएकोमा कैदीहरु दैनिक आधा चामल जोगाउने गरेको भएतापनि मुख्य नाइकेको दवदवाका कारण बचेका चामल बजारमा लगेर मुख्य नाईके बैठाले विक्री गर्ने गरेको कारागार श्रोतबाट बुझिएको छ ।
घटस्थापनाको विदाको दिनमा ठेलामा ५५ बोरा चामल राखेर गौर स्थित एक पसलमा विक्री गरेको कुरा प्रहरीले थाहा पाएपछि उक्त पसलमा छापा मार्दा ५५ बोरा चामल बरामद गर्न सफल भएपनि पहिला विक्री गरेको चामलको बोरा थप ५९ बोरा फेला परेपछि गौर कारागार भित्रका बेथिती सार्वजनिक भएको थियो ।
त्यती मात्रै नभई दश दिनमा वितरण गरिने नगद रकमको भर्पाईमा रकम उल्लेख नगरी सादामा हस्ताक्षर गराएर मनलाग्दी रकम दिई त्यसबाट बचेको रकम नाईके बैठा र जेलर साहले बुझ्ने गरेको कारागार भित्री श्रोतले जानकारी गराएको छ । किन सादा भर्पाईमा हस्ताक्षर गराइराख्नु भएको कुरा सोध्दा त्यस कैदीलाई चरम यातना मुख्य नाइके बैठाले यातना कक्षमा लगेर दिने गरेको हुँदा कुनैपनि कैदीबन्दीहरुले उनीहरुको अगाडी मुख खोल्दैनन ति श्रोतले गम्भीर कुरा बताए ।
पसलमा चामल विक्री प्रकरण सार्वजनिक भएपछि स्थानीय प्रशासनले छानविन गर्न सुरु गरेपछि जेलर साह र चौकीदार बैठाले ढाकछोप गर्नका निमित्त माथिबाट आएको सोना मन्सुली चामल कैदीहरु नखाने गरेको त्यसको साटो कतरनी र बास्तमी चामल खानेगरेको बताउदै आएका छन् ।
कारागार भित्रको रहस्य सार्वजनिक नहोस भन्दै आज विहिवार कारागारको मुख्य नाइके बैठाले २०१ जना कैदीबन्दीहरु संग कतरनी चामल उपभोग गरिरहेको भन्दै हस्ताक्षर गराएको गौर कारागार श्रोतले बतायो ।
यसरी गौर कारागार भित्र व्याप्त रहेका बेथितीलाई अन्त्य गर्न राज्यबाट यथोचित कदम उठाउनु नितान्त आवश्यक भएको देखिन्छ । भित्र फोन सेवामा पनि बढि रकम लिने गरेको, भित्र सामान किन्दा बढि रकम कैदीहरुलाई तिर्नु परेको पिडा रहेको छ । श्रोतका अनुसार कारागार भित्र रकम दिएमा जस्तो सुकै सामान नाइके बैठाले पुर्याउदै आएको छ ।
कारागार व्यवस्थापन महाशाखा गम्भीर भएर गौर कारागार भित्रको बेथितिलाई अन्त्य गरी कैदीबन्दीहरुलाई अनाहकमा पाउदै आएको यातना एवं शोषणाबाट मुक्ति दिलाउन यथोचित कदम उठाउनु पर्ने ति श्रोतले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन