वृन्दावन नगरपालिकामा दुई प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिलाई गाह्रो

84 Shares
रौतहट, ३ कार्तिक । सरकारी निकायको बिडम्बनापूर्ण कार्यको शिकार बन्दैछ कर्मचारीहरु ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चरम लापरवाहीको कारण रौतहटको वृन्दावन नगरपालिकामा दुई प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपछि जनप्रतिनिधिहरु बिचल्लीमा परेको छ, कसको साथ रहुँ भनेर अवस्था सृजना भएका छन् ।
वृन्दावन नगरपालिकामा दुई जना प्रमुख प्रशसकिय अधिकृतक हाजिर भएपछि शुक्रवार एक जनाले खाता संचालन गर्ने र अर्कोले कुर्सीमा बस्ने काम मात्रै भएको छ । थप जिम्मेवारी लिएका फतुवा विजयपुर नगरपालिकाका उपसचिव सुरेन्द्र प्रधान र सोही पालिकामा कार्यरत नेपाल स्वास्थ्य सेवा, हेल्थ ईस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका रास नारायण पटेल बिहीबार मात्रै हाजिर भएका थिए ।
उपसचिव सुरेन्द्र प्रधानलाई उपप्रमुख संगिता रामसहित माओवादी र काग्रेसका जनप्रतिनिधिले हाजिर गराए भने नेपाल स्वास्थ्य सेवा, हेल्थ ईस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका रासनारायण पटेललाई नगरप्रमुख विनोद प्रसाद पटेलले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हाजिर गराएपछि निर्वाचित जनप्रतिनिधिहरु विच यस्तो अवस्था उत्पन्न भएका छन् ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकामा उपसचिव सुरेन्द्र प्रधानलाई थप जिम्मेवारी दिएको पाँच दिन नबित्दै नेपाल स्वास्थ्य सेवा, हेल्थ ईस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका रासनारायण पटेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिदिएपछि जनप्रतिनिधिहरु विभाजित भएका हुन ।
प्रमुख प्रशासकीय अधिकृतको हाजिर विषयलाई लिएर प्रमुख र उपप्रमुखले एक अर्कालाई स्वीकार नगर्दा नगरपालिकाको विकास र प्रशासनिक कार्य ठप्प भएको छ । बिहीबार हाजिर भएका पटेलले खाता संचालन गरी शुक्रवार कर्मचारीलाई तलब खुवाएका छन् भने अर्का उपसचिव शुक्रवार कुर्सीमा मात्र सीमित भएका छन् ।
गत असोज २६ गते फतुवा विजयपुर नगरपालिकामा कार्यरत उपसचिव सुरेन्द्र प्रधानलाई स्थानीय सरकार संचालन ऐन ०७४ को दफा ८४ को उपदफा ४ बमोजिम प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्म काम काजमा सहजीकरण गर्न आर्थीक र प्रशासनिक कार्य सहितको जिम्मेवारी दिइएको थियो भने पटेल लाई कार्तिक १ गते सोही प्रकृतिको पत्र मन्त्रालयले दिएपछि दुबै जनाले प्रमुख प्रशसकिय अधिकृतको जिम्मेवारीमा हाजिर गरेपछि नगरपालिका विवादित बनेको श्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।