रौतहट, १२ कातिक । सीमावर्ती क्षेत्रका जनप्रतिनिधि र सशस्त्र प्रहरी बीच समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हेडक्वाटर, रौतहटद्वारा बंकुल स्थित सीता प्यालेसमा शनिवार आयोजित “सीमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम” मा उपस्थित भएका सीमा क्षेत्रका स्थानीय तहका निर्वाचित भएका जप्रतिनिधिहरु संग समसामयिक विषयमा छलफल सम्पन्न भएको हो ।
रौतहट जिल्लाको भारत संग जोडिएका सीमा क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनि, नगरप्रमुखहरु, वडाध्यक्षहरु, जिल्लाको सुरक्षा निनकायका प्रमुखहरु, समाजसेवी, उद्योगी व्यवसायीहरु, बुद्धिजीविहरु सहितको उपस्थितिमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हेडक्वाटर, रौतहटले जनाएका छन् ।
अन्तरक्रिया कार्यक्रममा सीमा क्षेत्रबाट हुने चोरी निकासीलाई रोकथाम, लागुऔषधको ओसार पसार नियन्त्रण, सवारी साधन आवतजावतमा सहजता हुनुपर्ने लगायतका विविध विषयमा वृहद रुपमा छलफल गरेर समाधानको उपायहरु सम्बन्धमा चर्चा गरिएका थिए ।
कार्यक्रममा सहभागी भएको नगरप्रमुखहरु सहित वडाध्यक्षहरुले छोटी भन्सार कार्यालयलाई सुचारु गर्न यथोचित पहल हुनुपर्ने सीमावर्ती इलाकाबाट सवारीसधान आजवतजावतमा सहज हुनुपर्ने, विहे, भोजभतेर, श्राद्ध कर्मको लागि आवश्यक पर्ने सामानहरु निर्वाध रुपमा ल्याउन दिनुपर्ने, कृषि सामग्री, वीउविजन र रासायनिक मल जस्ता सामानहरु ल्याउनमा सहजता हुनुपर्ने जस्ता सुझावहरु राखेको थियो ।
सो कार्यक्रममा बौधीमाई नपाको नगरप्रमुख प्रदीप यादव, परोहा नगरपालिकाको नगरप्रमुख शेख वकिलले विगतको तुल्नामा सीमा क्षेत्रको सुरक्षामा निकै नै सुधार भइरहेको भएपनि केही कानुनी जटिलतालाई चिर्दै सीमामा आधुनिक उपकरणको प्रयोग सहित थप व्यवस्थित गर्नुपर्ने आवश्यक रहेको बताए ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हेडक्वाटर, रौतहटका गणपति एसपी माधव रेग्मीले नेपालको अन्तरराष्ट्रिय सीमा क्षेत्रमा सीमा सुरक्षा संग सम्बन्धित सरोकारवाला निकायहरु र स्थानीय जनताहरु संग यस प्रकारको कार्यक्रमहरुको माध्यमबाट समन्वय र सहकार्य गरी सीमापारबाट हुने अपराधीक कार्यलाई नियन्त्रण गर्नमा प्रभावकारिता बनाई स्थानीय बासीहरु संग सम्बन्धलाई सुधार गर्दै अघि बढ्ने उनले बताए ।
सीमा क्षेत्रको प्रयोग गरेर हुने लागु आौषध दुव्र्यसनी तथा अवैध ओसारपसार नियन्त्रणमा स्थानीयवासीबाट रचनात्मक सहयोग को अपेक्षा गरे । यसप्रकारका कार्यक्रमले मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणमा सहयोग पुग्ने तथा स्थानीयवासी मा सीमा अपराध नियन्त्रणमा जागरुकता समेत हुने बिश्वास ब्यक्त गरे । सो कार्यक्रममा नेपाल प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठ, नगरप्रमुखहरु, वडाध्यक्षहरु, संचारकर्मी, समाजसेवी लगायतको विभिन्न क्षेत्रका व्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन