काठमाडौं, १२ कार्तिक । नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) बीच भेट वार्ता भएको छ ।
सिंहदरबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतवार भएको भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, मुख्यसचिव वैकुण्ठ अर्याल, परराष्ट्र मन्त्रालयका अधिकारी र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु पनि सहभागी रहेका थिए ।
महासचिव गुटेरेसले आइतबार नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् । शनिवार राति नेपाल आएका गुटेरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।
उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु सँग पनि भेटवार्ता गर्ने बताइएका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट