रौतहट, १३ कार्तिक । अबैध रुपमा भन्सार छलीका एक लाख भन्दा बढिको कपडा सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गौर चन्द्रपुर सडक खण्डको बम नहरबाट पक्राउ गरिएको बताइएको छ ।
विशेष सुचनाको आधारमा भारतीय महिला किरनीयाले नेपाल प्रहरीको मिलोमतोमा महादेवपटि नाका भएर राजस्व छलेर नेपाल भित्रयाइएका एक लाख भन्दा बढिको कपडा अटोमा राखेर चन्द्रपुर तर्फ लगिरहेको अवस्थामा यमुनामाई गाउँपालिका स्थित बम नहरबाट पक्राउ गरेको श्रोतले दाबी गरेको हो । तिन पाँग्रे अटोमा राखेर राजस्व छलीका कपडा ओसार पसार गर्नमा किरनीयालाई गौर १ का मनोज साहले ब्याक सपोट दिएको कारण ठूलो परिमाणमा कपडाको कारोवार नेपाल प्रहरीको संरक्षणमा जारी रहेको श्रोतले दाबी गरेका छन् ।
बम नहरमा सशस्त्र प्रहरीले नेपाल प्रहरीको सहयोगमा कपडा सहित टेम्पो नियन्त्रणमा लिएपनि तस्करीमा संलग्न अटो टेम्पुलाई प्रहरीले छाडेको बुझिएका छन् । अहिले सम्म बरामद भएको उक्त सामानहरुको लगत प्रहरीले नपठाउदा शंका उब्जीएको श्रो्तले दावी गरे
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन