‘इन्डो प्यासिफिकमा अमेरिकाको लागि नेपाल निकै महत्वपूर्ण साझेदार हो’ अमेरिकी विदेशमन्त्री ब्लिन्केन

54 Shares

वासिङटन, एजेन्सी । साताव्यापी अमेरिकी भ्रमणमा रहनु भएका नेपाली परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी समकक्षी ब्लिन्केन बिच भेटवार्ता भएको छ ।
एक साता लामो अमेरिका भ्रमणको क्रममा वासिङ्टन डिसी पुगेका नेपालका परराष्ट्रमन्त्री साउद र समकक्षी ब्लिन्केन बीच द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ब्लिन्केनले ‘इन्डो प्यासिफिकमा अमेरिकाको लागि नेपाल निकै महत्वपूर्ण साझेदार हो’ रहेको बताए ।
अमेरिका र नेपाल बिच ७६ वर्षको कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनु पर्नेमा जोड दिए । ‘हाम्रो जनस्तरको सम्बन्ध, आर्थिक सम्बन्ध, लगानी लगायत कुराहरूबाट द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र अझ बलियो बनाउन काम गर्नेछौं,’ उनले भने, ‘हामी स्वतन्त्र, खुला, सुरक्षित, र समृद्ध क्षेत्र सुनिश्चित गर्नका लागि सँगै काम गरिरहेका छौं । धेरै अर्थमा नेपाल क्षेत्रीय मात्र नभई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय संस्थाहरूमा धेरै रचनात्मक रुपमा नेतृत्व गरिरहेको मुलुक हो ।’
नेपालले धेरै शान्ति सेनामार्फत विश्वलाई द्वन्द्वबाट शान्तिमा स्थापनामा सहयोग पु¥याइरहेको भन्दै प्रशंसा गरे । ब्लिन्केनले इजरायलमा हमासद्वारा मारिएका १० जना नेपाली विद्यार्थीहरूप्रति अमेरिकाको तर्फबाट समवेदना व्यक्त गरे ।
संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र अमेरिकाबीच निकै लामो र घनिष्ट सम्बन्ध रहेको चर्चा गरे । ‘अमेरिका नेपालको विकास साझेदार हो । अमेरिकाले नेपाललाई धेरै क्षेत्रमा मद्दत गरिरहेको छ’, परराष्ट्रमन्त्री साउदले भने । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।