राजस्व छलीका करिव पौने चार लाखको सामानहरु बरामद, सर्लाहीको विभिन्न नाकाहरुबाट तस्करी कार्यमा ह्वातै वृद्धि

132 Shares

सर्लाही, १५ कार्तिक । सर्लाही जिल्लाको विभिन्न नाकाहरुबाट राजस्व छलेर भित्रयाइएका दैनिक उपभोग्य सहित कपडा, पारचुन गरी करिव पौने चार लाख मूल्य बराबरको सामान सर्लाही प्रहरीले बरामद गरेका छन् ।
सर्लाहीको भारत संग सीमा जोडिएका नाकाहरुबाट राजस्व छली गरेर भित्रयाइएका चिनी, खानेतेल, कपडा, पारचुन सामग्री सहितका विभिन्न मालसामानहरु सर्लाही प्रहरीको विभिन्न युनिटहरुले विगत दुई दिनमा बरामद गरेर आवश्वक अनुसन्धानको लागि मलंगवा भन्सार कार्यालयको जिम्मा लगाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले कार्तिक १३ र १४ गते मतहतका विभिन्न युनिटहरुले बरामद गरेर यहाँ बुझाइएका सामानहरुको लगत तयार गर्दा ३७३६०० मूल्य बराबरको मूल्याकन गरेर आवश्यक कारवाहीका लागि मलंगवा भन्सार कार्यालयमा दाखिला गराइएको उलने भने ।
सीमा क्षेत्रबाट चुहावट भएर आएका उक्त मालसामानहरु भन्सार छलेर ल्याइएका सामानहरु बरामद गर्ने अभियान अन्तर्गत उक्त सामानहरुलाई मलंगवा भन्सार कार्यालयमा बुझाइएको डिएसपी थारुले बताए ।
स्मरणीय छ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख नरेश राज सुवेदीको सरुवा भएपछि नयाँ एसपी आउने वित्तिकै तस्करी कार्य ह्वातै बढेर गएका छन् । इलाका प्रहरी कार्यालय बलराका प्रनानी जितेन्द्र चौधरी, त्रिभुवन नगरका प्रननी लतिफ अन्सारी, सहित विभिन्न सीमानाका प्रहरी चौकीका इन्चार्जहरु तस्करहरु संग मासिक र साप्ताहिक रुपमा रकम लिएर तस्करी गराउदै आएको श्रोतले दाबी गरेका छन् ।
सीमा क्षेत्रमा तैनाथ रहेका सशस्त्र प्रहरी पनि तस्करी कार्यमा संरक्षण दिदै आएको ति श्रोतले बताए । श्रोत भन्छन्, साँठगाँठमा हुने तस्करीका सामानहरु निर्वाध रुपमा लैजाने गरेको भएपनि मासिकवारी वा साप्ताहिक रुपमा रकम नबुझाउनेहरुको सामानहरु बेवारिसे अवस्थामा बरामद भएको भन्दै प्रहरीले भन्सार कार्यालयमा बुझाउदै आएको ति श्रोतले दाबी गरेका छन् ।
दैनिक रुपमा लाखौंको मालसामाहरु राजस्व छली गरेको आरोपमा पक्राउ परिरहदा सर्लाहीमा तस्करी कार्य कतिको फस्टाउदै गएको बुझ्न सकिन्छ । चाँडपर्वको मौका छोपी सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा सर्लाहीमा तस्करी कार्य व्यवसायीकता बन्दै गएको ति श्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।