सर्लाही, १५ कार्तिक । सर्लाहीको बरहथवा नगरपालिकाको मुक्तेश्वर चोकमा मंगलवार राति कार र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तिन युवक गम्भीर घाइते भएका छन् ।
मधेश प्रदेश सरकारमा उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने मधेश प्रदेश ०२–००१ झ ०२४० नम्वरको सरकारी नम्बर प्लेटको स्कारपिओ जिप र विपरित दिशाबाट आउदै गरेका बा.४३ प. १२६३ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार तिन जना घाइते भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएका हुन् ।
बरहथवाबाट नयाँ रोड तर्फ गईरहेका र विपरित दिशाबाट आईरहेका मोटरसाइक मुक्तेश्वर चोकमा गएराति दुर्घटना हुँदा तिन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको इप्रका बरहथवाका डिएसपी लिलाराज लामिछानेले बताए ।
बरहथवा नगरपालिका वडा नम्वर ५ का १८ बर्षिय सुमन महतो, चन्द्रनगर गाउँपालिका वडा नम्वर ५ का १८ बर्षिय दीपक महतो र बागमती नगरपालिका वडा नम्वर १० शंकरपुरका अजय महतो तिनै घाइतेको वीरगंजमा उपचार भईरहेको छ । तिनै जना मध्ये अजय महतोको अवस्था चिन्ताजनक रहेको उनले बताए । यता ठक्कर लाग्ना साथ कारमा सवार चालक सहितका अन्य व्यक्तिहरु फरार भएपछि मन्त्री चढ्ने जीपलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी लामिछानेले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन