51
Shares
काठमाडौं, १५ कार्तिक । एक भारतीय लागुऔषध कारोवारीलाई समात्ने क्रममा प्रहरी माथि आक्रमण गर्न खोज्दा प्रतिउत्तरमा प्रहरीले गोली प्रहार गरेर कारोवारीलाई पक्राउ गर्न सफल भएका छन् ।
लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । कारोवारी ‘करिमको दाहिने तीघ्रामा गोली लागेको उनले भने ।’
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेको उनले बताए । यसअघि गत जेठ २८ गते पनि प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गोली हानेर एक जना लागुऔषध कारोबारीलाई समातेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन