लागुऔषध दुव्र्यवसनी गर्नेहरुको अडामा रुपान्तरित हुँदा स्थानीय चिन्तित
रौतहट, १६ कार्तिक चैत । मुलुककै चौथो जेठो विद्यालयको रुपमा रहेका जुद्ध माध्यमिक विद्यालय गौरको छात्रावास भवन विगत १८ बर्ष देखि निर्माणकै क्रममा अल्पत्र अवस्थामा छाडेर निर्माण व्यवसायी भागेपछि जिर्ण बन्दै खण्डहरमा परिणत हुँदै गएका छन् ।
भारतीय सरकारको आर्थिक सहयोगमा तात्कालिन भारतीय राजुदत शिवशंकर मुखर्जीले २०६२ साल पुस १४ गते शिलान्यास गरेका छात्रावास भवन निर्माण क्रममा निर्माण कम्पनी फरार भएपछि उक्त भवन अलपत्र अवस्थामा पुगेर जिर्ण बन्दै खण्डहरमा परिणत भएपनि सम्बन्धित निकाय ध्यान नदिएको स्थानीयहरुले सम्बध निकाय प्रति गम्भीर आरोप लगाएका हुन् ।
तिन तल्ले छात्राबास भवन, क्यान्टिन र कम्पाउण्ड वाल निर्माण गर्न गोरखा÷स्काई÷क्यानिओन जेभीले एक करोड ९८ लाख ८० हजारमा ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरेका थिए । एक तल्ले भवन निर्माण गर्दै गर्दा २०६४ सालमा मधेश आन्दोलनको कारण देखाउदै निर्माण कम्पनी गौरबाट फरार भए देखि हाल सम्म छात्राबास भवन अलपत्र अवस्थामा पुगेर खण्डहरमा परिणत हुँदै लागुऔषध सेवन गर्नेहरुका दुव्र्यवसेनीको अखाडामा परिणत भएका छन् ।
तिन तल्ले छात्राबास भवन, क्यान्टिन र कम्पाउण्ड वाल निर्माण गर्न गोरखा÷स्काई÷क्यानिओन जेभीले एक करोड ९८ लाख ८० हजारमा ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरेका थिए । एक तल्ले भवन निर्माण गर्दै गर्दा २०६४ सालमा मधेश आन्दोलनको कारण देखाउदै निर्माण कम्पनी गौरबाट फरार भए देखि हाल सम्म छात्राबास भवन अलपत्र अवस्थामा पुगेर खण्डहरमा परिणत हुँदै लागुऔषध सेवन गर्नेहरुका दुव्र्यवसेनीको अखाडामा परिणत भएका छन् ।
दुई बर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको भएपनि निर्माण सुरु भएको १८ बर्ष भईसक्यो, एक तल्ले भवन बनेपनि अहिले खण्डहरमा परिणत भईसकेको अवस्था छ । निर्माण कम्पनी फरार भएपनि तत्कालिन जिल्ला विकास समितिबाट पटक पटक पत्रचार गरिएपनि अधुरो भवन बनाउन आएनन । अधुरो छात्राबास भवन बनाउन नआएपछि जिल्ला विकास समितिले २०६९ साल फागुन ५ गते कालो सुचीमा राख्ने निर्णय गरेको थियो ।

देशको चौथो विद्यालयको रुपमा स्थापित रहेका जुमावीमा अध्ययन गर्ने दलित, गरिव, जेहन्दार विद्यार्थीहरुलाई छात्रावास भवनमा बसेर अध्ययन गर्नको लागि निर्माण गरिएको उक्त छात्राबास भवन निर्धारित समय भन्दा १८ बर्ष वितिसक्दा निकै मारमा परेको प्रधानाध्यापक कामोद तिवारीले बताए ।
पटक पटक सम्बध निकायहरुमा छात्रावास भवन बनाउन निकै पहल गरिएको तर अहिले सम्म कुनैपनि निकायबाट सकारात्मक पहल नहुँदा दिनानुदिन खण्डहरमा परिणत हुँदै गएको प्रअ तिवारीले स्पष्ट पारे ।
यस सम्बन्धमा जिल्ला समन्वय समिति रौतहटका प्रमुख प्रलव कायस्थले जुद्ध माध्यमिक विद्यालयको छात्रावास भवनको श्रेष्ता सहित गौर नगरपालिकालाई हस्तान्तर गर्न पत्र प्राप्त भएपछि त्यस समयका कागजातहरु तथा श्रेष्ता खोजतलास गर्दा कहि कतै फेला नपरेको उनले बताए । तत्कालिन जिल्ला विकास समितिका कर्मचारीहरु संग पनि समन्वय गरिरहेको तराई टपलाई बताउदै यदि कागजातहरु फेला पर्न नसकेमा जिल्ला समन्वय समिति, तत्कालिन इन्जिनियर र गौर नगरपालिकाबाट आधिकारीक प्रतिनिधिहरुलाई भारतीय दुतावासमा गएर कागजातहरु उपलब्ध गराउने विषयमा हाम्रो छलफल भईरहेको प्रमुख कायस्थले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन