सर्लाही, १७ कार्तिक । सर्लाहीको लालबन्दी नगरपालिकाको कालिञ्जोर स्थित राजमार्गमा बिग्रेर रोकी राखेको भारतीय ट्रकमा विहिवार राति मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर ११ कालिञ्जोर स्थित बाटोमा बिग्रेर राकिएका बीआर ०६ जीडी ३१४१ नम्वरको भारतीय मालबाहक ट्रकमा गएराति ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेका प्रदेश–२–०३–००४–५३५५ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जना युवकको मृत्यु भएका हुन् ।
ट्रकमा मोटरसाइकल ठोक्किएर सर्लाही हरिवन नगरपालिका ११ का २८ बर्षिय मुकेशकुमार गुप्ता र ३५ बर्षिय सुनीलकुमार गुप्ताको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । ट्रकमा मोटरसाइकल ठोक्किएर चालक मुकेशको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएका थिए । प्रादेशिक अस्पताल ल्याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।
मोटरसाइकलमा पछाडि सवार सुनीलको पनि टाउको, चिउँडो, नाक र हातमा चोट लागेर गम्भीर घाइते भएका थिए । उपचारका लागि बर्दिवास स्थित जनसेवा अस्पतालमा पु¥याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन