जाजरकोट, १८ कार्तिक । शुक्रवार राति गएको भूकम्पमा परेर जाजरकोटमा ३७ जनाको मृत्यु भएको छ ।
जाजरकोटका जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पमा परेर अहिले सम्म ३७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ तथा भकम्पमा परी सयौंको संख्यामा मानिसहरु घाइते भएका विवरणहरु प्राप्त भएका छन् । सुरक्षाका सवै युनिटहरुलाई परिचालन गरिएको छ, उद्धार कार्य जारी रहेको बताए ।
भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा निकै क्षती पुर्याएको बताए । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ ।
जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका बताए ।
रातिको समयमा उक्त विवरणहरु प्राप्त भएको हुँदा थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन