48
Shares
सुर्खेत, १८ कार्तिक । शुक्रवार राति जाजरकोट र पश्चिम रुकुममा गएको विनाशकारी भुकम्पमा परेर थप चारको शव बरामद भएको छ भने भुकम्पबाट मृत्यु हुनेको संख्या १३६ पुगेका छन् ।
जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएका हुन् । भूकम्पमा परेर मृत्यु हुनेको संख्या बढेर १ सय ३६ पुगेको छ । जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ । पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान गुमाएका छन् ।
भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन् । घाइतेहरूको उपचारमा काठमाडौँबाट स्वास्थ्यकर्मी घटनास्थलमा परिचालन गरिएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागी सुर्खेत, नेपालगञ्ज लगायतका अस्पतालहरूमा रिफर गरिएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट