49
Shares
रणनीतिक साझेदारीलाई अगाडि बढाउने तरिकाहरू छलफल गर्दछ
रोम, एजेन्सी । भारतीय विदेश मन्त्री एस जयशंकरले इटालीका राष्ट्रपति सर्जियो माटारेला र अन्य वरिष्ठ नेताहरूलाई भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्तामा रक्षा, साइबर सुरक्षा र प्रतिआतंकवाद जस्ता क्षेत्रमा द्विपक्षीय रणनीतिक साझेदारीलाई थप विकास गर्ने तरिकाहरूबारे छलफल गरेका हुन ।
इटालीका आफ्ना समकक्षी एन्टोनियो ताजानीको निमन्त्रणामा रोममा रहेका जयशंकरले पोर्चुगल र इटालीको चार दिने भ्रमण शुक्रबार सम्पन्न गरेका हुन् ।
उनीहरूको भेटमा, इटालियन राष्ट्रपतिले द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन र भारत–इटाली र भारत–ईयू सम्बन्धलाई गहिरो बनाउनको लागि आफ्नो बलियो समर्थन रहेको दोहोर्याए, भारतीय विदेश मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका छन् ।
श्रोतः पीटीआई
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट