राधेश्याम कुशवाहा
सर्लाही, २१ कार्तिक । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा सिके राउतले मधेशी जनताको अधिकार स्थापित गराउने लडाईँ अझै नसकिएको बताएको छ ।
आफूहरुसँग पर्याप्त बहुमत नभएको कारण मधेश प्रदेशमा आफूहरुले राम्रो काम गर्न खोजेपनि गर्न नदिएको बताए । सर्लाहीको कविलासीमा हिजो सो पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पार्टी अध्यक्ष राउतले आफूहरु कृषिको क्षेत्रमा राम्रो काम गर्ने प्रयास गर्दा गर्दै जिम्मेवारीबाट हटाएको आरोप लगाए ।
उनले जनताको मन जित्ने काम गरेकोले अरु पार्टी त्रसित भएको आयश व्यक्त गर्दै ‘जनताको माग पूरा भयो भने यो पार्टी जनता बीच लोकप्रिय हुन्छ भन्ने सोचियो । त्यसैले हामीले गाउँगाउँमा किसानका लागि मल कारखाना खोल्ने कृषि डाक्टरहरु पठाउने योजना गरिरहेकै बेला हामीलाई जिम्मेवारीबाट हटाएर विना विभागिय बनाईयो ।’ त्यस्तै उनले देशको अवस्था भद्रगोल भई सक्दा पनि मधेश प्रदेश सरकार, केन्द्र सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । ‘लाखौं लाख युवाहरु विदेशिन बाध्य छन्, स्वदेशमै भएकाहरु पनि दिनदिनै आत्महत्या गर्न बाध्य छन् उनले भने ।
यहाँका किसान, मजदुरहरु आत्महत्या गर्न बाध्य भईसक्दा पनि शासकलाई कुनै मतलब छैन बरु भ्रष्टाचार गर्न र लुट्न मै मस्त छन् ।’ उनले मधेश प्रदेशका अर्थमन्त्रीलाई लक्षित गर्दै अर्थमन्त्रीको कुनै पनि योजना दिँदा सुरुमै कमिसन जम्मा गर्न लगाएको गुनासो गरे ।
जनताको आम समस्या जस्ताको त्यस्तै रहेकोले आफूहरुको संघर्ष पनि अझै जारी रहेको बताए । उहाँले जनताको हक अधिकार स्थापित गराउन जनमत पार्टीले संघर्षको लडाई लडि नै रहको भन्दै आगमी २०८४ सालमा हुने आम चुनावमा जनमत पार्टीलाई मधेश प्रदेशमा दुई तिहाई र केन्द्रमा निर्णायक सिटमा जिताउन आग्रह गरे ।
जिल्ला इन्चार्ज युवा नेता श्रीचन यादवको अध्यक्षतामा कविलासी नगरपालिकाको चोकमा शुभकामना आदान प्रदान तथा वृहद पार्टी प्रवेश कार्यक्रम भएको थियो । सो अवसरमा सामाजिक व्यक्तित्वहरु सहित विभिन्न पार्टी परित्याग गरी ३ सय भन्दा बढी व्यक्तिहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका केन्द्रीय सदस्य विवेक शर्माले जानकारी दिए ।
जनमत पार्टीमा प्रवेश गर्ने नवप्रवेशीहरुमा सामाजिक व्यक्तित्व डा गुणेश्वर झा लगायत नेपाली काँग्रेस, नेकपा एमाले लगायतका दलका नेता कार्यकर्ता रहेका छन् । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष सांसद डा सिके राउत लगायतका नेताहरुले दोसल्ला तथा माला लगाई जनमत पार्टीमा स्वागत गरेका थिए । त्यस्तै सोही अबसरमा प्रमुख अतिथी राउतलाई एक क्विन्टलको माला लगाएर सम्मान गरिएको थियो ।



प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट