चीनमा सीईओहरु किन वेपत्ता भईरहेका छन् ?

56 Shares

बेइजिङ । चीनको लाइभ स्ट्रिमिङ सेवा प्रदायक दोउयुका ३९ वर्षीय सीईओ चेन शाओजेई बेपत्ता भएका छन् । हालैका दिनमा चीनमा रहस्यमय तरिकाले हाई–प्रोफाइल कार्यकारीहरू गायब भइरहेका छन् । यो सूचीमा नयाँ नाम हो प्रविधि कम्पनी टेन्सेन्टले समर्थन गरेको सो कम्पनीको सीईओ चेन । हालैका केही दिनयता उनलाई सम्पर्क गर्न सकिएको छैनन् । अपुष्ट खबरका अनुसार चेन छानबिनको दायरामा छन् । उनी करिब तीन हप्तादेखि बेपत्ता छन् ।उनलाई कुन नियामक वा अधिकारीहरूले अनुसन्धानमा राखेका हुन् भन्नेबारे पनि समाचारहरूमा केही खुलाइएको छैन । आफ्नो व्यवसाय सामान्य तवरले नै चलिरहेको कम्पनीले बताएको छ ।

यो घटनाबारे नयाँ जानकारी वा गतिविधि हुने बित्तिकै बताउने कम्पनीले बताएको छ । चेन यस अघि अगस्टको अन्त्यमा कम्पनीको त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने बेलामा सार्वजनिक स्थलमा देखिएका थिए । दोउयुलाई एमाजनको ट्विच सेवाको चिनियाँ भर्सनको रुपमा हेरिन्छ । चीनमा यसरी एक्कासि बेपत्ता हुने हाई प्रोफाइल कार्यकारीमा चेन एक्लै छैनन् । सरकारले भ्रष्टाचार विरोधी अभियान कसिलो पारेसँगै वित्तीय र प्रविधि क्षेत्रका शीर्ष कार्यकारीहरू एक पछि अर्को गर्दै चपेटामा आइरहेका छन् ।

चीनको भ्रष्टाचार विरोधी नियामकले चीनको चार ठुला बैङ्क मध्ये एक इन्डष्ट्रियल एन्ड कमर्शियल बैङ्क अफ चाइना (आईसीबीसी)का पूर्व वरिष्ठ कार्यकारी जाङ होङ्लीमाथि छानबिन गरिरहेको शनिबार एउटा विज्ञप्तिमा भनेको थियो ।  जानले भ्रष्टाचार गरेको आशङ्का गरिएको छ । मेमा चीनको स्टार लगानी  बैंकर बाओ फान पनि पक्राउ परेका थिए । यो वर्षको अहिलेसम्मको अवधिमा भ्रष्टाचार विरोधी निकायले महत्त्वपूर्ण वित्तीय सङ्घ संस्थाका एक दर्जन भन्दा धेरै अधिकारीहरूमाथि छानबिन गरिसकेको छ । कुनै बेला चीनका सबैभन्दा धनाढ्य तथा रियल ईटेट कम्पनी एभर ग्रान्डेका अध्यक्ष सु जियायिन पनि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।